ट्रिपल स्टार म्यानपावरमा अभियान्ता र यूटुवरमाथि सांघातिक हमला,यस्तो रहेछ कारण
बचाउ बचाउको गुहार कसैले सुनेन
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका १४ सामाखुसीमा रहेको ट्रिपल स्टार म्यानपावर कम्पनीको कार्यालय परिसरमा भएको कुटाकुट र हारगुहारको दृश्य यतिबेला भाइरल भइरहेको छ । यसरी कुटिएका व्यक्ति थिए, वैदेशिक रोजगारीका लागि दुवई पुगेका युवाहरु समस्यामा परेपछि त्यसलाई ‘सुल्झाउन’ भन्दै पुगेका ‘हाम्रो नेपाल हामी नेपाली’ का अभियन्ता दशरथ भण्डारी, यूट्युवर दिपेशराज पाण्डे र हरीप्रसाद पाठक ।
यूट्युबर प्रकाश थापा, अभियन्ता दिपेशराज पाण्डेसहित अन्य पीडितका परिवार भने भागेर जोगिएका थिए । एक पटक ट्रिपल स्टान म्यानपावर परिसरमा मंगलबार दिउँसो भएको घटनाका दृश्यहरुले सबैलाई झस्काएको छ । युट्युबर र अभियन्ता मात्रै नभएर समाचार संकलनका क्रममा पुगेको टेलिभिजनकर्मीमाथी समे ट्रिपल स्टार म्यानपावरले दुब्र्यबहार गरेको छ । होला, यहाँ यूट्युबर अनि अभियन्ताले बोकेका कतिपय बोली र ब्यवहार चित्तबुझ्दा भएनन होला । यसो भन्दैमा लखेटी लखेटी कुटीनु भने गम्भिर बिषय हो ।
मंगलबार झडप हुने घटना यसकारण सिर्जना भयो
१२ जना नेपाली युवाहरुलाई भिजिट भिषामा युएई पुर्याएर आम्र्स गार्डमा काम लगाइदिन्छु भनेर मेनपावरले प्रलोभन दिएको थियो । एक लाख २० हजार तलब हुन्छ भन्दै प्रतिव्यक्ति ७ लाखदेखि ८ लाखसम्म असुलेर दुबई पुर्याइएका युवाहरु ३ महिनादेखी अलपत्र बनाइए । म्यान पावरले प्रतिबद्धता अनुसारको काम लगाउन नसकेपछि उनीहरु विचल्लीमा परे । यही फेब्रअरी ९ तारिकमा उनीहरुको भिषाको अवधि सकिँन लागेपछि परिवारमा जानकारि गराएर स्वदेश झिकाईदिन वा म्यानपावरमार्फत कामको पहल गरिदिन पीडितले नै हारगुहार गरेपछि यो घटना सामाजिक अभियन्तासहितका केही यूट्युव मिडियासम्म पुगेको थियो ।
उनीहरुले मेनपावरमा पुगेर कर्मचारिमाथी गरेको केरबार र प्रस्तुतीले घटना प्रतिकुल अवस्थामा पुगेको थियो । तर, यो घटनाले भिजिट भिसामा गएर काम गर्न नपाइने भए पनि म्यानपावरले सेटिङ गरेर पठाउने गरेका छन् भन्ने तथ्यलाई थप बल दिएको छ । पीडितका परिवारले बारम्बार ट्रिपल स्टार म्यानपावरमा पुगेर समस्याको समाधानका लागि पहल गर्न खोजेपछि सञ्चालकहरु गम्भिर देखिएका छैनन । बरु यो घटनाले मेनपावर व्यवसायीसँगै बैदेशिक रोजगार विभाग, अध्यागमन, नेपाल प्रहरी, गृह प्रशासन लगायतको सेटिङमै नेपालबाट मानव तस्करी भैरहेको त छैन भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री किशान श्रेष्ठले भने घटनाको वास्तविकता बुझेर दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, ट्रिपल स्टार मेनपावरका सञ्चालकमध्येका एक सरोजकुमार लामाले समेत दुखद घटना घटेको भन्दै पिडितको उपचार र क्षतिपूर्ती दिन र दोषीलाई कारवाही गर्न सघाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, ट्रिपल स्टार मेनपावरका सञ्चालकमध्येका एक सरोजकुमार लामाले समेत दुखद घटना घटेको भन्दै पिडितको उपचार र क्षतिपूर्ती दिन र दोषीलाई कारवाही गर्न सघाउने प्रतिबद्धता जनाएका छन् ।
हुन त यसअघि पनि यही म्यानपावरमा पुगेर भारतीय गिरोहको सेटिङमा युरोपेली मुलुकमा अबैद्य तरिकाले पठाउन लागिएको गुनासोका आधारमा बैदेशिक रोजगार विभागसहितको टोलीले अनुगमन गरेको थियो । यता, वैदेशिक रोजगार व्यवसायी संघले भने युट्यूवर र सामाजिक अभियन्ताको दादागिरीले गर्दा दुखद घटना हुन पुगेको दाबी गरेको छ । होला अभियन्ता र केही यूट्युबरहरुले बोलेका बोली र म्यानपावर लगायतका कार्यालयमा पुगेर गरेका हर्कद अस्वभाविक थिए । यसो भन्दैमा राज्यका निकायमा दर्ता भएका र कानुन बिधि पद्धती मान्छु भन्ने म्यानपावर कम्पनीले लखेटी लखेटी कुट्न मिल्दैन ।
विदेशमा पुगेर अलपत्र परेकाहरुलाई न्याय दिलाउन र मंगलबार घटेको कुटपीटको घटनाको वास्तविकता पहिचान गरेर बैदेशिक रोजगारीका नाममा हुने व्यथिति रोक्न राज्यका सबै निकायहरु गम्भिर बन्नुपर्छ । यो एउटा घटना मात्रै होइन्, सन् २०२१ मा भिजिट भिसामा नेपालबाट ७९ हजार एक सय ६० नेपाली युएई पुगेका छन् । यीमध्ये ७२ हजार ९४ जना काम खोज्नका लागि सेटिङमार्फत भिजिट भिसामा युएई पुगेको देखिन्छ ।
यीमध्ये सात हजार ६६ जना मात्रै वास्तविक पर्यटक रहेको दाबी गर्ने अध्यागमनले किन राज्यका निकयमार्फत यो सेटिङ भत्काउने पहल गर्न चाहेन ? सन् २०१९ मा मात्रै दुई लाख नेपाली भिजिट भिसामा युएई गएको तथ्यांक संकलन गरेर बस्ने सरकारी निकायहरु विदेशमा अलपत्र बनेर बसेका नेपालीहरुको हारगुहारमा मात्रै चासो दिने कि ? भिजिट भिसाका नाममा भैरहेको मानवतस्करीको जालो तोड्न गम्भिर बन्ने ? सरकार र सरोकारवालालाई हाम्रो प्रश्न ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अभियान्ता र यूटुवर, #ट्रिपल स्टार म्यानपावर कम्पनी
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्