मन्त्री बन्दै सुजाता कोइराला,महाधिबेशनमा गरेको बाचा पूरा गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब पक्का भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई महाधिबेशनमा दिएको आश्वासन अनुसार मन्त्री बनाउन लागेका हुन् । प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् ।
कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना बढी छ । अर्को मन्त्री कसलाई बनाउने भन्ने देउवाले परामर्श गरिरहेका छन । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएको बताइएको छ ।
दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको बताइएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #सुजाता कोइराला
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्