Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रेम आलेले दिए ६ वटा क्यासिनोलाई अनुमति,३० वटा होटलले पाए क्यासिनो सञ्चालनको अनुमति


काठमाडौं । नेपालका विभिन्न ३० वटा होटलले क्यासिनो सञ्चालनको अनुमति पाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ६ वटा क्यासिनोलाई अनुमति दिएका छन भने बाँकी क्यासिनो यस अघिका सरकारले अनुमति दिएको थियो । काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई वटासहित ११ वटा पाँचतारे होटलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन भने १९ वटा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।

क्यासिनोको इजाजतले एउटा होटलमा मात्रै सञ्चालन गर्न पाइन्छ भने आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने खेल (मिनी क्यासिनो) ले भने एउटै इजाजतले ४ वटा होटलसम्ममा सञ्चालन गर्न पाउँछन । क्यासिनो नियमावली २०७० आउनु अगाडि नै अनुमति पाएका तीन वटा मिनी क्यासिनो (सेन्ट्रल मिडिया, रक इन्टरनेशनल र ह्याप्पी आवरले) एउटै इजाजतबाट ४ वटा होटलमा मिनी क्यासिनो सञ्चालन इजाजत पाएका छन ।

नियमावली पछि अनुमति लिनेको हकमा भने एउटा इजाजतबाट एउटै मात्र होटलमा क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था क्यासिनो नियमावलीमा छ । क्यासिनोलाई दिएको इजाजत र नवीकरण वापत पर्यटन विभागले चालू आवको ६ महिनामा नै ६५ करोड रुपैयाँ राजस्व समेत संकलन गरेको छ । पर्यटन विभागले चालू आवको ६ महिनासम्मा क्यासिनोका लागि जारी गरेको इजाजतको विवरण सार्वजनिक गरेको छ । यस्तो विवरण अनुसार चालू आवमा होटल मेची क्राउन झापालाई मात्रै क्यासिनोको इजाजत दिएको छ भने उपत्यका बाहिरका विभिन्न ६ वटा होटललाई मिनी क्यासिनो सञ्चालनको इजाजत दिइएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #३० वटा होटल, #क्यासिनो सञ्चालन, #मन्त्री प्रेम आले

तपाईको कमेन्ट लेख्नुहोस्