Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

बुधबार एमसीसी संसदमा टेबुल गर्ने प्रधानमन्त्री देउवाको तयारी,प्रचण्ड,माधव नेपाल बिपक्षमा


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी पेश गर्ने सर्वसम्मत निर्णय गरेको छ । एमसीसीका विषयमा जनस्तरमा नकारात्मक धारणा विकसित भएकाले संसदबाटै एमसीसीबारे उत्पन्न सबै भ्रमहरु चिर्ने रणनीतिमा कांग्रेस छ । यही रणनीति अन्तर्गत मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा पूर्व अर्थमन्त्री रामशरण महतले एमसीसी के हो ? र यसले नेपाललाई के कस्तो फाइदा हुन्छ भन्ने बारेमा करिब एक घण्टा बोलेका थिए ।

साथै एमसीसी पारित नगराउँदा देश र पार्टीले बेहोर्नु पर्ने नोक्सानीको विषयमा पनि महतले स्पष्ट पारेका थिए । बैठक चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नीप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था तथा परामर्स समितिको बैठक बोलाउन दवाव दिएका थिए । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख संसदमा एमसीसी पेश गर्ने विषयमा नेताहरुबीच हिजो भएको सहमतिबाट ब्याक हुन सक्ने संकेत गरेपछि देउवाले दवाव दिन सभामुखलाई फोन गरेका हुन् ।

एकीकृत समाजवादी पार्टी अहिलेसम्म एमसीसीको पक्षमै रहेको देउवाको बुझाई छ । तर, माओवादी विरोधमा लागेको अवस्थामा समाजवादी पनि त्यसकै सुरमा सुर मिलाउँछ कि भन्ने त्रास कांग्रेसमा छ । सायद त्यसैले होला एमाले सहित यी सबै पार्टीहरु एउटै पार्टीमा रहेको नेकपामा एमसीसीबारे उनीहरुको धारणालाई स्मरण गराउँदैछ । एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेसमा दुई मत छैन । बुधबारको बैठकमा एमसीसी पेश गर्ने सर्बसम्मत निर्णय गरेको छ ।

पूर्व अर्थमन्त्री रामशण महत एमसीसीबारे अनावश्यक भ्रम सिर्जना भएकाले यी सबै भ्रमहरुलाई चिर्नुपर्ने बताउँछन् । एमसीसीमा अमेरिकाको कानून लागू हुने, अमेरिकाले नै लेखापरीक्षण गर्ने, इन्डो प्यासेफिक रणनीतिको अंग भएको भनेर भ्रम सिर्जना गरिएको उनको भनाई छ ।
एमसीसीबारे धेरै भ्रम सिर्जना भएकाले यसलाई पारित गर्न नसकिएपनि संसदमा भने जस्तो सुकै अवस्थामा पेश गरिछाड्ने कांग्रेसको रणनीति छ । साथै सहमतिका लागि एमाले र अन्य दलहरुसँग पनि संवाद बढाउने निर्णय समेत बैठकले गरेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #नेपाली कांग्रेस

तपाईको कमेन्ट लेख्नुहोस्