कोरोना खोप ब्यवस्थापनमा स्वास्थ्य मन्त्रालयको लापरवाही, खोप नै किनबेच भएको खुलासा

काठमाडौं । कोरोना महामारी सुरु भएयता ४ जना मन्त्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले । महामारीसुरु हुदा स्वास्थ्य मन्त्रीको जिम्मेवा्री सम्हालेका भानुभक्त ढकाललाइ स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको आरोप लाग्यो त्यसको सत्य तथ्य अझै बाहिर आएको छैन् । कोरोना महामारी नियन्त्रण गर्न सरकारले अनुदान र खरिद गरेरै भए पनि नागरिकलाई खोप लगाउने ब्यवस्था गर्यो । तर, खोप अभियान निशुल्क रुपमा सञ्चालन भएता पनि व्यवस्थापन निकै कमजोर देखियो ।
कतिसम्म भने २४ लाख डोज सरकारी आँकडामै आएन । कतिपयले यस्लाई खोप कहाँ हरायो भनि प्रश्न उठाए । समितिले प्रतिवेदनमा खोपको उचित भण्डारण नगरेका कारण धेरै खोप प्रयोग गर्न नमिलेको, निशुल्क भनिएको खोप किनबेच भएको र कतिपय स्थानीय तहले खोप बिबरण अद्याबधिक नगरेको, बिबरण सम्बन्धित निकायमा नबुझाएको जस्ता बिषय समेटिएको छ । प्रतिवेदनमा कतिपय नागरिकले सरकारले बुस्टर डोज लगाउने निर्णय गर्नु अघिनै तेस्रो पटक खोप लगाएको पाइएको पनि उल्लेख छ ।
५६ हजार भन्दा बढी डोज खोप प्रयोग गर्न नमिल्ने देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । साथै सरकारले अनुदान खरिदबाट ल्याएको भन्दा करिव ४ लाख डोज बढी खोपको बिबरण पनि समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । कतै खोप लगाउदाँ स्बिकृत मापदण्ड पालन नगरि लगाइएको पनि पाइएको छ । छानबिन समितिले खोप किनबेच भएको प्रतिवेदन दिए पनि स्वास्थ मन्त्री बिरोध खतिवडा भने यो बिषय स्वीकार गर्न तयार छैनन् ।
समितिले ७७ वटै जिल्ला र ७ सय ५३ स्थानीय तहलाई खोपको अद्याबधिक बिबरण मागेको थियो सरकारी तथ्यांक अनुसार माघ २१ गतेसम्म नेपालले ४ करोड ५७ लाख ८ हजार ६ सय ४० मात्रा खोप प्राप्त गरेको छ जसमध्ये ३ करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा खोप प्रयोग भएको र ५६ हजार ९ सय ८ मात्रा खोप खेर गएकोे छ । भण्डारणमा १ करोड २३ लाख ३७ हजार ६ सय ६५ मात्रा खोप मौज्दात रहेको छ । कोरोना संक्रमण न्युनीकरण गर्न प्रभावकारी मानिएको खोप ब्यवस्थापनमा उचित ध्यान पुर्याउन नसक्दा तालुकदार स्वास्थ्य मन्त्रालय आलोचना खेप्न बाध्य भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #२४ लाख डोज, #स्वास्थ्य मन्त्री
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्