Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रचण्ड,माधव फकाउनुभन्दा देउवालाई ओली फकाउन सहज,एमसीसीले भत्काउदैछ गठबन्धन


काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसीको विषयमा धेरै अलमल भएकै कारण निकै भ्रम सिर्जना भएको निश्कर्षमा पुगेका छ । शुक्रबार नै प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने अडानमा रहेको कांग्रेस नेकपा एकीकृत समाजवादीको आग्रहपछि यो विषयलाई दुई दिन पछाडि धकेल्न राजि भएको छ । अब आइतबार बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी र गठबन्धनका बारे वारपारको निर्णय गर्न सबै दल सहमत भएका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसीको विषयमा धेरै अलमल भएको कारण निकै भ्रम सिर्जना भएको निश्कर्षमा पुगको छ । त्यही कारण कांग्रेसले अब आइतबारसम्म मात्रै एमसीसीका विषयमा निर्णयमा पुग्न पर्खने भएको छ ।  सत्तामा रहेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको शनिबार बस्ने बैठकले एमसीसी र गठबन्धनका बारेमा धारणा बनाउने तथा त्यतिबेलासम्म पर्खन अध्यक्ष माधव नेपालले गरेको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक बनेपछि आज बसेको बैठक बीना निश्कर्ष टुंगिएको थियो । अब आइतबार बस्ने बैठकले एमसीसी गठबन्धनको भिवष्य तय गर्ने भएको छ ।

उता एमसीसीको विषयमा धेरै छलछाम भएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अब कुर्न नसकिने कांग्रेस महामन्त्री गगन थापाको दाबी समेत छ । गठबन्धनलाई जोगाइराख्ने सर्तमा नेपालले अमेरिकालाई सोधेका प्रश्नको जुन जवाफ आएको छ, त्यसलाई संकल्प प्रस्तावको रुपमा अघि बढाउने प्रारम्भिक सहमति भने शुक्रबारको बैठक भएको छ । अमेरिका आफ्ना प्रतिबद्धताबाट दायाँ बायाँ भएकोे खण्डमा सम्झौता नै रद्द गर्न सकिनेसम्मको लचकता भने कांग्रेसले अपनाउने भएको छ ।

सत्ता गठबन्धनसँगै प्रमुख प्रतिपक्षी दलसँग पनि समानान्तर रुपमा संवादमा रहेको कांग्रेसले बर्तमान गठबन्धन तत्कालिन आवश्यकता र मुद्दाको आधारमा बनेको हुँदा अहिलेको आश्यकता र मुद्दाका आधारमा टुट्न पनि सक्ने बताउँदै आएको छ । गठबन्धनमा रहेका दलहरुबीच अहिलेका मुद्दाका विषयमा तालमेल नदेखिएको खण्डमा एकै स्थानमा रहन नसकिने प्रष्ट सन्देश कांग्रेसले गठबन्धनका अन्य दलहरुलाई समेत दिइसकेको छ । पछिल्लो समय एमसीसीको विषयमा माधव नेपाल केही लचिलो बनेको तर प्रचण्डको अडानमा परिवर्तन नआएको बुझाइ पनि कांग्रेसको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एकीकृत समाजवादी, #एमसीसी, #नेपाली कांग्रेस, #माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्