संसद बैठक बस्दै,एमसीसी कार्यसूचीमा परेन,दलको बोलीमा फेरबदल, टेबल हुने सम्भावना बढ्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १ सय ६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आइतबारपनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर, सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।
सहमतिको प्रयासमा आज बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ ।
सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा केही लचिलो देखिएपछि एमसिसी संसद्मा टेबुल हुने ढोका खुलेको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूका अडान भने यथावत् छन् । जसका कारण संसद्बाट एमसिसी तत्काल अनुमोदन हुने–नहुने अनिश्चितता भने कायमै छ । दलहरुको अडान केही परिवर्तन भएपछि आइतबारकै संसद् बैठकमा एमसिसी टेबुल हुने सम्भावना बढेको छ । ५० करोड अनुदान सहयोगको एमसिसी सम्झौता १६ फागुनभित्र संसद्बाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ ।
२०७६ असार ३० मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो । तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन । एमसीसी पारित गर्न नहुने भन्दै सडक आन्दोलन समेत चर्किएको छ । एमसीसीलाई लिएर अमेरिका र चीनको समेत टकराव हुन थालेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधि सभाको बैठक, #प्रमुख प्रतिपक्षी दल, #सत्तागठबन्धन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्