एमाले अध्यक्ष केपी शर्मा ओलीले पाए स्काउटको मेधावी योगदान पदक

काठमाडौं । विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको मेधावी योगदान पदक नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् ।
विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्याएको योगदानका लागि सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जानकारी दिएको छ ।
ओली मेधावी योगदान पदक प्राप्त गर्ने पहिलो नेपाली समेत भएका छन् । प्रधानमन्त्रीकै रुपमा ओलीले बालबालिकासँग प्रधानमन्त्री कार्यक्रम सुरुवात गरेका थिए । नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #मेधावी योगदान पदक, #विश्व स्काउट
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्