बिभिन्न बिद्येयक अलपत्र पर्दा एमसीसी भने पारित गराउन मरिहत्ते,गठबन्धन जोगाउनै हम्मे–हम्मे

काठमाडौं । जनताको प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभा लामो समयदेखि अबरुद्ध छ । प्रम्ुख प्रतिपक्षी दल नेकपा एमालेको राजनीतिक मागका कारण प्रतिनिधि सभा कामै गर्न नसक्ने स्थितिमा पुगेको छ । तर, पनि सरकारले चाहेका केहि बिधेयक पारित भएका छन् भने एमसीसी सम्झौता पनि अबरोधका बिच टेबल भएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेले भदौ २३ यता लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।
अहिले प्रतिनिधि सभामा विचाराधीन रहेका तथा प्रतिनिधि सभाले पारित गरी राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयकहरू अलपत्र छन । प्रतिनिधि सभामा २३ ओटा र राष्ट्रिय सभामा ६ ओटा गरी २९ ओटा बिधयेक विचाराधिन छन । प्रतिनिधि सभा अन्र्तगतका विभिन्न ९ ओटा संसदिय समितिमा ७ ओटा र राष्ट्रिय सभाको विधयेक व्यबस्थापन समितिमा ४ ओटा विधयेक विचाराधिन छन ।
प्रतिनिधि सभामा ४२ र राष्ट्रिय सभामा १५ गरी जम्मा ५७ वटा विधयेक अलपत्र अवस्थामा छन । संसदीय परम्परा अनुसार एकजना सांसदले उठेर अबरोध गरेपनि बैठक अबरुद्ध भएको मानिन्छ । तर ७ महिनादेखि एमालेले संसद बैठक अबरुद्ध गरिरहेको छ त्यहि बीचमा सरकारले संसदबाट गर्नेपर्ने महत्वपूर्ण काम पनि गराइरहेको छ ।
अबरोधकै बिच गठबन्धन सरकारले बजेट प्रतिस्थापन बिधयेक पारित गरिसकेको छ भने एमसीसी सम्झौता संसदमा टेबल गरिएको छ । अत्याबश्यक ठानिएका काम बाहेक प्रतिनिधि सभा नियमित कार्यसूची अनुसार सहज ढंगले भने अघि बढ्न सकेको छैन । संसद अबरोधलाई कारक मान्न सकिएपनि दलीय सहमति नहुँदा र कतिपय प्रक्रियागत कारणले पनि बिधेयक अघि बढ्न नसकेको संसद सचिवालयको भनाई छ ।
नागरिकता विधेयक, रेल्बे विधेयक, नेपाल हवाई सेवा प्राधिकरण लगायतका विधेयक,प्रतिनिधि सभा बैठक अबरुद्ध हुँदा अघि बढ्न सकेका छैनन् । राजनीतिक दलहरुको आ आफ्नै स्वार्थ र छिनाझम्टीका कारण पनि प्रतिनिधि सभाले प्रभावकारी रुपमा काम गर्न नसकेको भनि आलोचना भैरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा एमाले, #प्रतिनिधि सभा, #संसदीय परम्परा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्