एमसीसीमा दलहरुको गलफत्ती,दिनभर देउवा,ओली,प्रचण्डको दौडधुप

काठमाडौं । एमसीसी पास गर्ने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीच सहमति जुटाउन नसकेपछि संसद बैठक नै स्थगित भयो । तर, दलहरुको छलफल र दौडधुप दिनभर नै चल्यो । नेपाली कांग्रेस, नेकपा एमाले मात्रै होइन नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एमाले–माओवादी केन्द्रबीच पनि लामै छलफल चल्यो । तर, कुनै पक्षमा सहमति जुट्न सकेन ।
बिहिबार साँझ पनि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो । बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ थिए ।
एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजीरहेका छन् । दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । दुई अध्यक्ष साँझ पुन बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । दुबै बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राखेका थिए । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका थिए ।
सत्ता गठबन्धनको दोस्रो ठूलो घटक माओवादी केन्द्रले बिहीबार नै सरकारलाई अल्पमतमा पार्न लागेको सूचना पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखलाई आग्रह गरेर प्रतिनिधिसभाको बैठक स्थगित गर्न लगाएका थिए । एमालेका नेताहरुसँगको वार्तामा प्रधानमन्त्री देउवाले माओवादीका २८ जना सांसद उभिएर एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्तावमा मतविभाजन माग्ने र सरकारको प्रस्ताव अल्पमतमा पार्ने तयारीको सूचना देउवाले पाएका थिए । माओवादीको एम्बुसबाट जोगिन आफूले संसद रोकेर एमालेसँग सहमतिको हात बढाएको प्रधानमन्त्रीले स्वीकार गरेपछि गृहमन्त्री बालकृष्ण खाँण सभामुख अग्नि सापकोटालाई भेट्न गएका थिए ।
सभामुखले मार्ग प्रशस्त नगरे प्रमुख प्रतिपक्षलाई संसदको कारवाहीमा भाग लिने वातावरण बनाउनका लागि सभामुख हटाउने एमालेको प्रस्तावमा कांग्रेस बाध्य भएर सहमत हुनुपर्ने चेतावनी समेत दिइएको छ । त्यसका लागि बाबुराम भट्टराई समेत सहमत हुने संकेत उनले एमालेभन्दा अगाडि प्रधानमन्त्रीसँग वार्ता गरेर दिएका छन् । दिनभरको रस्साकस्सीमा पनि दलहरुबीच एमसीसीका बिषयमा सहमति जुट्न सकेको छैन् । बरु सत्ता गठबन्धन लगभग टुट्ने निश्चित जस्तै बनेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #शेरबहादुर देउवा, #सत्ता गठबन्धन, #सत्तारुढ दल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्