एमाले अध्यक्ष ओलीले भने चुनावपछि गठबन्धनका नेता ७ दिन उठ्नै सक्दैनन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिएका छन् । गठबन्धनमा सहमति, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनले उनीहरूलाई एकमुष्ट रूपमा उठ्नै नसक्ने गरी पछार्ने बताएका हुन् ।
शुक्रवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा उनले सत्तारुढ गठबन्धन आउँदो चुनावमा धुलोपिठो हुने भयले पनि नटुट्ने तर्क गरे । एमालेले गठबन्धन दलहरूसँग ुवान बाई वानु लड्नुभन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रूपमा चुनावमा लड्न चुनौती समेत दिए ।
आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दाबी ओलीको छ । गठबन्धन टुट्यो भने बिचराहरू धुलोपिठो हुन्छन् भन्दै ओलीले ब्यङग्य गरे । वैशाख ३० मा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं ।’ सरकारमा बस्नेहरूले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको उनको आरोप छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #७ दिन उठ्नै सक्दैनन्, #केपी शर्मा ओली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्