प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख गरिएको छ । यसअघि दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक बस्न लागेको हो ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। बैठक आज बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो। एमसीसीबारे छलफल गर्न दलहरुको आन्तरिक तथा दुईपक्षीय छलफल पनि भइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #एमसीसी सम्झौता, #प्रतिनिधिसभाको बैठक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्