Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

माओवादीमा चुनावअघि एमसीसीको बिरोध गर्न नपाइने,बिरोधी नेताहरुलाई चुपचाप बस्न प्रचण्डको निर्देशन


काठमाडौं । झण्डै फुटको संघारमा पुगेको नेकपा माओवादी केन्द्रको विवाद साम्य पार्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सफल भएका छन् । पार्टी सम्पूर्ण रुपमा चुनावमा केन्द्रीत हुनुपर्ने भएकाले अहिले कुनै पनि नेताले पार्टी लाइन विपरित बोल्न नहुनेमा समेत विरोधी पक्षलाई सहमत गराउन उनी सफल भए । सोमबार केन्द्रीय कमिटीको बैठकपछि पार्टीभित्रको अन्तरविरोध साम्य पार्न सफल भएकोमा प्रचण्ड फुरुङ्ग देखिन्थे । बैठक हलबाट वाहिरिँदै गर्दा उनले अब सबै नेताहरु एक भएर चुनावको तयारीमा लाग्ने सहमति बनेको जानकारी गराएका थिए । प्रचण्डले भनेझैं विरोधी पक्ष पनि अहिले विवादका कुनै विषयमा सार्वजनिक अभिब्यक्ति नदिन राजी भएको छ ।

नारायणकाजी श्रेष्ठको समूहले संसदबाट एमसीसी पारित भएपछि त्यसलाई राष्ट्रघाति कदम भएको आरोप लगाउँदै आएको थियो । जुन आरोप प्रचण्डतर्फ केन्द्रीत रहेको बुझाइ थियो । यही विषयले पार्टीमा अन्तर कलह सिर्जना गरेको थियो । अहिले एमसीसी लगायत समसामयिक मुद्दा केही समयका लागि होल्ड मात्रै गरिएको तर विवाद भने समाप्त भई नसकेको श्रेष्ठ पक्षको धारणा छ । अहिले विवादभन्दा पनि निर्वाचन महत्वपूर्ण भएकाले विरोध छाडेर निर्वाचनमा केन्द्रीत हुने माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले बताए ।

अर्को पक्ष भने यसलाई माओवादी केन्द्रको लोकतान्त्रिक अभ्याससँग जोडेर हेर्छ । बागमति प्रदेशका अध्यक्ष सरल सहयात्रीका अनुसार यसअघि कम्युनिष्ट पार्टीमा फरक विचार राखिन्थ्यो र फरक विचारकै कारण पार्टी फुट्ने गर्दथ्यो तर अहिले पार्टीमा साँच्चैको जनवादी केन्द्रीयता लागू भएको छ । भिन्न मत पनि पार्टीको सम्पत्तिको रुपमा रहन्छ । तर फरक मुद्दाकै कारण पार्टी विभाजन हुदैन । छलफल र वहस हुन्छ र वहुमतले निर्णय हुन्छ । निर्णय भइसकेपछि त्यसमा सबैको सहमति बन्छ । अहिलेको केन्द्रीय समितिले पनि त्यही लोकतान्त्रिक अभ्यास गरेको हो ।

प्रचण्डले निर्वाचनअघि विवादको विषयमा वहस नगरौं भनेर प्रस्ताव गरेका थिए । कुनै न कुनै किसिमको फेस सेभिङ खोजिरहेको श्रेष्ठ समूह पनि त्यसमा मन्जुर देखियोे । बैठकमा बोल्ने अधिकांश नेताहरुले पनि फरक मतलाई नोट गरेर राखौं तर पार्टीको आधिकारिक निर्णयमा कुनै प्रश्न नउठाऔं भन्ने धारणा राखेका थिए । यो धारणमा दुबै पक्ष एकठाँऊमा आएपछि तत्कालका लागि पार्टी भित्रको दुर्घटना ट¥यो ।

यो संगै विवादलाई एममुष्ठ समाधान गर्न प्रचण्ड सफल भएको बिश्लेषण गरिएको छ । तर पार्टीका पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउनु त परको कुरा उनी केन्द्रीय समिलाई पूर्णता दिन समेत असफल रहे । आसन्न निर्वाचनलाई देखाएर पार्टीमा तत्कालको विवाद समाधान गर्न सफल देखिएका प्रचण्ड लथालिंग संगठन लिएर चुनावी मोर्चामा पार्टीलाई पार लगाउन कत्तिको सफल हुन्छन् ? त्यो त भविश्यले नै बताउने छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमसीसी, #नेकपा माओवादी केन्द्र, #प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्