स्थानीय तहको निर्वाचनः कांग्रेस एक्लै लड्नेमा नेताहरुको जोड, प्रचण्ड र माधवको भने सहकार्यमै जोड

काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेस आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने नदिने बारे अझै प्रष्ट देखिएको छैन । तर सत्ताधारी अन्य दल भने चुनावसम्मनै गठबन्धनले निरन्तरता पाउनेमा ढुक्क देखिन्छन् । नेपाली कांग्रेसका कतिपय शीर्ष नेताहरुले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहँदा मंगलवार पार्टी कार्यकर्तालाई निर्देशन दिंदै सभापति शेरबहादुर देउवाले गठबन्धन दलको बिरोध नगर्न निर्देशन दिएका थिए ।
देउवाको उक्त अभिब्यक्ति पछि गठबन्धन चुनाव सम्म निरन्तर जाने गरि शीर्ष तहमा सहमति भएको आकलन गरिएको थियो । गठबन्धनको निरन्तरताका पक्षमा अन्य सत्तारुढ दल रहेपनि कांग्रेस भने अझै स्पष्ट छैन । बुधवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस नेता कार्यकर्तालाई गठबन्धन हुन्छ वा हुन्न भन्ने बिषयमा नबोल्न निर्देशन दिए ।
उनले यसबारे केन्द्रीय समितिले निर्णय गर्ने पनि उल्लेख गरे । तर, बुधवारनै पार्टीको केन्द्रीय समिति बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धनकै निरन्तरताको पक्षमा अभिब्यक्ति दिए । यस्तै, नेकपा माओवादी केन्द्र पनि सत्ता गठबन्धन आगामि चुनावहरुमा एक भएर जाने गरि सहमति बन्नेमा बिश्वस्त देखिन्छ । अहिले सत्तारुढ गठबन्धनमा ४ दल छन् ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन चुनाव सम्मनै जाने गरि अघि बढ्ने ती दलका नेताहरुको अभिब्यक्तिमा पाइन्छ । यस अघि सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने एमसीसीम फरक मत राख्दै बाहिरिइसकेको छ । सत्ता गठबन्धन एक भए नेकपा एमालेमाथि थप दबाब पर्ने छ । त्यसैले पनि एमाले कुनै पनि हालतमा सत्ता गठबन्धन तोड्न चाहन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी, #नेपाली कांग्रेस, #माओवादी, #शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्