ओलीले भने सांसदहरुको काम भत्ता खाने मात्रै भयो, सात महिनामा ४७ करोड बढी खर्च
नाराबाजी गर्न लगाएरै ओलीको खातामा पनि तलव भत्ता !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्ले कामै गर्न नसकेको दाबी गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनमा अध्यक्ष ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताएका हुन् । उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताए ।
संसद्लाई निकम्मा बनाएर अहिलेको जस्तो भत्ता खानेबाहेक के काम गरेको छ पार्लियामेन्टले ? ओलीले प्रश्न गरेका छन् । भत्ता खाने काम गरेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ विचरा ? सर्वोच्च अदालतले टिको लगाइदिएकाले सरकार बनाएका के काम गर्छन् विचरा ? ओलीले भनेका छन् । प्रतिनिधिसभालाई अध्यक्ष ओलीले सरकारमा रहँदा दुई पटक विघटन गरेका थिए ।
दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेको थियो । दोस्रोपटकको विघटन पुनःस्थापना गर्ने क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । विभाजनलाई लिएर एमालेले भदौ २३ गतेदेखि संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ ।
६ महिनादेखि एमालेले संसद्मा नाराबाजी गरिरहेको छ । आफैले काम गर्न नदिएको कारण सांसद्हरूले भत्ता र तलब लिइरहेका छन् । संसद अवरोध गर्ने र तलव भत्ता खाइरहने भन्दै एमालेको चर्को आलोचना भइरहदा ओलीले सोही कुरालाई लिएर संसद्ले काम गर्न नसकेको, सांसदले भत्ता मात्रै खाइरहेको अभिव्यक्ति दिएका छन् ।
७ महिनामा खर्च भयो ४७ करोड ३९ लाख ७ हजार
प्रतिनिधि सभा पुनःस्थापना भएको ८ महिना र निरन्तर अवरोध झेलेको ७ महिना पुग्दा सांसदहरूको तलब भत्तासहितको सेवा सुविधामा मात्र ४७ करोड ३९ लाख खर्च भएको छ । २०७८ साउनदेखि माघसम्ममा संघीय सांसदहरूको पारिश्रमिकमा १५ करोड १३ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक बापत १० करोड २८ लाख ४ हजार रुपैयाँ साउनदेखि माघ महिनासम्ममा भुक्तानी भएको छ ।
त्यसैगरी संसदीय समिति र संसद् बैठकको भत्ताबापत सांसदहरूले २ करोड ५९ लाख ५४ हजार रुपैयाँ माघसम्म बुझे । सञ्चार, घर भाडा, धारा, बिजुली, विशेष भत्ता, पदाधिकारीको इन्धन आदिमा माघसम्म ४ करोड ३८ लाख ७० हजार रुपैयाँ सांसदहरूलाई भुक्तानी गरिसकिएको छ । फागुन महिनामा सांसदहरूको तलब, भत्ता समेतमा २ करोड रुपैयाँ, अन्य सुविधाबापत ७२ लाख ४३ हजार रुपैयाँ र सांसदका स्वकीयलाई पारिश्रमिक बापत १ करोड ३८ लाख रुपैयाँ पठाइएको छ ।
संसद् बैठकका लागि अधिवेशन आह्वान हुँदा सांसदहरूले आतेजाते भाडा समेत पाउने गर्छन्। माघ महिनासम्म आतेजाते भाडाबापत सांसदहरूलाई ८६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ । संसद् बैठक सञ्चालन हुने स्थान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडामा पुससम्मको ७ करोड २७ लाख ८ हजार रुपैयाँ भुक्तानी गरिएको छ।
वार्षिक १६ करोड ५० लाख ५० हजार रुपैयाँ भाडा बुझाउने सहमति गरिएअनुसार मासिक १ करोड ३७ लाख ५० हजार रुपैयाँ संसद् सचिवालयले भाडाबापत बुझाउनुपर्छ । माघ र फागुन महिना समेतको भुक्तानी जोड्दा केन्द्रलाई भाडाबापत १० करोड २ लाख ८ हजार रुपैयाँ भुक्तानी हुनेछ। यी सबै रकम जोड्दा साउनदेखि फागुन सम्ममा ४७ करोड ३९ लाख ७ हजार रुपैयाँ खर्च भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले, #भत्ता र तलब, #सर्वोच्च अदालत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्