प्रधानमन्त्री देउवा र एमाले नेता भीम रावलबीच जुहारी,एकले अर्कोलाई भने दिमाग खुस्किएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका नेता भीम रावलबीच जुहारी भएको छ । एमसीसी पारित गरिएपछि बिरोधमा उत्रिएका रावल र समर्थनमा रहेका देउवाबीच जुहारी भएको हो । देउवाले सार्वजनिक कार्यक्रममै दिमाग खुस्किएको भनेपछि रावलले पनि देउवालाई कडा जवाफ फर्काएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले झूठो बोलेको टिप्पणी गरे । नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी अनुमोदन गर्दा अहिले त्यतिबेलाका रक्षामन्त्री रावलले विरोध गरेकोमा दिमाग फुस्किएको आरोप लगाएका थिए ।
प्रधानमन्त्रीको त्यो अभिब्यक्ती आएपछि रावलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू उपप्रधान र रक्षामन्त्री रहेको स्मरण गर्दै सो समयमा सम्झौता सदनमा नल्याइएको बताए । सार्वजनिक तथ्यको जानकारी समेत नराखी झूठा बोल्ने प्रधानमन्त्रीको आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ भन्दै टिप्पणी रावलले गरेका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झूठा बोल्ने प्रमको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’
प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा ‘किन रावललाई मात्र टाउको दुख्छ भन्ने प्रश्नको जवाफमा भनेका छन्, ‘नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने सपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो ।’ रावलले प्रधानमन्त्री देउवालाई थप बहस गर्ने इच्छा भए बहस गर्न चुनौती पनि दिएका छन् ।
प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेस भएको प्रस्ताव नै अहिले पारित भएको बताएका थिए । एमाले सांसद भीम रावलप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री देउवाले सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरूले अहिले विरोध गर्नुको अर्थ नरहेको उनको भनाई थियो । रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसीबारे महत्वपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनी दिएका थिए । ‘हिजो सरकारमा बसेर मन्त्री भएर एमसीसी ल्याउने । अहिले आएर एमसीसीको खिलाफमा बोल्न लाज छैन ? प्रधानमन्त्री देउवाले रावललाई प्रश्न सोधेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भीम रावलबीच जुहारी, #शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्