Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

कस्ले तोड्ने अबैद्य सेटिङको जालो ? कित्ताकाट रोक्काको समयमा बढ्यो घरजग्गा कारोबार


काठमाडौं । देशभरका वित्तिय संस्थाहरु अर्थात बैंक, फाइनान्सले आर्थिक मन्दीको सामना गरिरहँदा गत माघ महिनाको तुलनामा फागुन महिनामा घरजग्गाको कारोबार भने ह्वात्तै बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांक अनुसार गत माघको तुलनामा लिखत पारित ९पास०, नामसारी, रोक्का, फुकुवालगायत कारोबारहरु बढेको पाइएको हो । माघमा ५९ हजार ५१६ वटा लिखत पास र ४ हजार २७७ वटा नामसारी भएकोमा फागुन महिनामा ७४ हजार ३६ वटा लिखत पास हुँदा ५ हजार ९ वटा नामसारी भएका छन् ।

माघमा रोक्का ३० हजार ९८५ र फुकुवा १८ हजार ६७६ वटा भएकोमा फागुनमा रोक्का ३६ हजार ५७२ र फुकुवा २४ हजार ७४९ वटा भएको मालपोतको अभिलेखमा देखिन्छ । माघ महिनामा अपार्टमेन्ट खरिदबिक्री ३२ वटा भएकोमा विभागको अभिलेखमा फागुनमा ३८ वटा भएको देखिएको छ । जग्गा दर्ता भने माघको भन्दा फागुनमा घटेको छ । माघमा २८ वटा जग्गा दर्ता भएकोमा फागुनमा २१ वटा मात्रै भएका छन् ।
कसरी बढ्यो जग्गा कारोबार ?
माघको तुलनामा फागुनमा घरजग्गाको कारोबार बढे पनि अघिल्लो वर्षको फागुनको जति कारोबार भने भएको देखिदैन । विभागका निर्देशक कृष्णप्रसाद भण्डारी माघमा मालपोत कार्यालयहरु धेरै बन्द भएकाले फागुनमा कारोबार बढेको देखिएको र यो सामान्य नै भएको बताउँछन् । बैंक र सहकारीको पैसा लामो समयसम्म होल्ड गरेका कतिपयले ऋण तिर्न समेत हतारो गर्दै घरजग्गा बेच्न थालेका छन् । सहकारीबाट ऋण लगानी गरेर कारोबार गर्दै आएका सञ्चालकहरु समेत आर्थिक मन्दीमा घरजग्गा बेचेर पैसा जोहो गर्ने खेलमा सक्रिय देखिएका छन् ।

गत वर्ष फागुनमा भने ७६ हजार ४९१ वटा घरजग्गा कारोबारको लिखत पारित भएका थिए । यस वर्ष फागुनमा ७४ हजार ३६ वटामात्रै कारोबार भएका छन् । नामसारी पनि गत वर्ष फागुनमा ५ हजार १८६ भएकोमा यस वर्ष फागुनमा ५ हजार ९ वटा मात्रै भएका छन् । अपार्टमेन्ट किनबेच पनि गत वर्ष ५८ वटा भएकोमा यस वर्ष फागुनमा ३८ वटामात्रै भएका छन् । अघिल्लो बर्षको तुलनामा भने फागुनको कारोबार घटेको देखिएको छ ।
लगानी रोक्ने नीतिपछि घरजग्गा कारोबारमा हलचल
केन्द्रीय बैंकले पछिल्लो समय घरजग्गा कारोबारमा कडाइ गरेको छ । उत्पादनशील क्षेत्रमा जाने कर्जा वृद्धि भए अर्थतन्त्र वलियो बनाउन सकिने भन्दै चालु आर्थिक वर्ष २०७८्७९ का लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि घरजग्गामा जाने कर्जामा कडाइ गरिएको छ । राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट अहिले अर्थतन्त्रमा देखिएको समस्याका कारण यस्तो नीति अख्तियार गर्नुपरेको बताउँछन् । बैंक सहकारी लगायतका वित्तिय क्षेत्रहरुमा देखिएको तरलता अभावका कारण समेत घरजग्गा कारोबार घट्ने बढिहालेमा आकाशिएको बजारभाउमा गिरावट आउने आँकलन समेत गर्न थालिएको छ ।
स्थानीय तह, मालपोतसँगै लेखापढीमार्फत गैह्रकानुनी आर्थिक चलखेल
घरजग्गा कारोबारमा भैरहको बेचबिखनको मुल्य सुन्दा सामान्य नागरिकहरु काठमाडौं उपत्यका लगायतका सहरी क्षेत्रमा जग्गा जोडेर घर बनाउने चाहाना पुरा नहुने अवस्था आएको बताइरहेका छन् । घडेरी विकास नै उपत्यका विकास प्राधिकरणको मापदण्ड भन्दा बाहिरबाट बढी भैरहेका छन् । खेतीयोग्य जमिन मासेर सेटिङ मार्फत हुने प्लटिङका नाममा टन्न कमाउनेहरु देशभर सल्बलाइरहेका छन् । यसरी पद्धती मिचेर प्लटिङ गर्नेहरु नै वडादेखी नगर, पालपोत सबैतिर पैसा बुझाएर मिलाउनुपर्ने स्विकार गर्छन ।

खेतीयोग्य जमिनको खण्डिकरण रोक्ने नाममा कित्ताकाट रोकिएको समयमा कित्ताकाट बढिरहँदा मुल्य पनि आकाशिएको छ । राजश्व बाहेकको संयन्त्रबाट व्यवसायीहरुले करोडौँ खर्चिनुपरेको छ । वडा, नगरका जनप्रतिनिधि, मालपोत नापी देखी लेखापढी व्यवसायीसम्मले घरजग्गा कारोबारिका बिचौलिया मार्फत मनग्ये आर्थिक मुनाफा गर्दा यसको असर सिधै जग्गाको भाउमा परेको छ । जनप्रतिनिधिदेखी सरकारी कर्मचारिसम्मको सेटिङको नेतृत्व भने अधिकांश प्लल्टिङमा लेखापढी व्यवसायिहरुले गरिरहेका छन् ।

काठमाडौं उपत्यकाका भित्र एउटा टुक्रा कित्ताकाट गर्दा ५० हजारदेखी २ लाख सम्म गैह्र कानुनी बाटोबाट खर्चगर्नुपरेको स्वयम घरजग्गा कारोबारीहरुले स्विकार गर्दैआएका छन् । उपत्यकाका बाहिर भने ठाउँ हेरेर लेनदेन हुनेगरेको छ । यो सेटिङको संयन्त्र तोड्न राज्यका कुनैपनि संयन्त्र तयार छैनन । कारण उनीहरु सबैले मिलाएर, चित्त बुझाएरै घरजग्गाको कारोबारलाई गतिदिएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #घरजग्गाको कारोबार, #मालपोत

तपाईको कमेन्ट लेख्नुहोस्