Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

राष्ट्रपतिद्धारा संघीय संसदका दुबै सदनको चालू अधिवेशन अन्त्य


संघीय संसदका दुबै सदनको चालू अधिवेशन अन्त्य भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् । सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो । यसअघि चैत दुई गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान भएको थियो ।

गत माघ १६ गते राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । मंसिर २८ गते संसदको चालु अधिवेशन शुरु भएको थियो । यो अधिवेशन अवधिभर प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरिरह्यो । एमालेको अवरोधकाबीच पनि एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको थियो । यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

महाअभियोग सम्बन्धि प्रस्ताव अव महाअभियोग सिफारिस समितिमा छलफल हुनेछ । सरकारले जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था भएकाले अब बजेट अधिवेशन बोलाउनु पर्नेछ । केही दिन अगाडि सत्तारुढ दलका शिर्ष नेताहरुले एमालेले प्रतिनिधिसभा अबरोध जारी राखे संसद भंग गर्ने भनाई सार्वजनिक भइरहेको बेला सरकारले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा, #राष्ट्रियसभा, #सदनको चालू अधिवेशन अन्त्य

तपाईको कमेन्ट लेख्नुहोस्