मन्त्री आलेले भने महाभारतको पात्र दुर्योधन र एमाले अध्यक्ष ओलीमा कुनै फरक छैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रुपमा खनिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले अध्यक्ष ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक नभएको भन्दै आउने वैशाख ३० गतेको निर्वाचनबाट ओलीले जवाफ पाउने जिकिर गरे । अझै त्यो व्यक्तिले आउने वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत स्थानीय तह जित्छु भन्ने घमण्ड गरेको उनले अरोप लगाए ।
महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन । जनताले वैशाख ३० गते जवाफ दिनेवाला छन् । आलेले ओली सरकारका पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी संग्रहालय र पशुपति धर्मशाला दिएको आरोप समेत लगाए । उनले आफू मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने समेत बताए । अरु नेतामाथि आले आक्रामक यसअघि नै भएपनि ओलीमाथि भने पहिलो पटक आरोप लगाएका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #प्रेम आले
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्