ह्वात्तै घट्यो कोरोना संक्रमण,चौथो चरणको त्रास भने कायमै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक र अस्पतालमा बिरामीको अबस्था हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमण मत्थर भएको पाइएको छ । तर केही देशमा संक्रमण पुन बढ्दै जादा फेरि चौथो लहर आउने होकी भन्ने आशंका भने कायमै छ । गत शनिबार देखि लगातार दैनिक १ सय भन्दा कम कोरोना संक्रमित भेटिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत शनिबार तेस्रो लहर सुरु भएयताकै सबै भन्दा कम ७७ जनामा कोरोना संक्रमण देखिएको थियो त्यसयता लगातार एक सय भन्दा कमनै कोरोना संक्रमित पुष्टि हुनेगरेका छन् । जसका कारण अस्पतालमा रहेका आइसियु भेन्टिलेटर खाली हुदै गएका छन् । मन्त्रालयका अनुसार बिहिबार सम्म २६ जना आइसियु र ६ जना मात्रै भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरको भयावह अवस्थाको सामना गर्नु परेको अवस्थामा तेसा्रे लहर समेत पार भएको छ । तर यता संक्रमण कम हुनु र अन्य देशहरुमा नयाँ भेरियन्ट तथा पुरानै भेरियन्टले कोरोना बढ्दा निर्धक्क हुनुपर्ने अवस्था नभएको विज्ञहरुको धारण छ । २ बर्ष यता निर्धक्क दैनिक जिवनयापन गर्न नसकेको अबस्था छ । तर पछिल्ला दिन आम जनजिवन सामान्य तर्फ गएको छ ।
यता स्वास्थ्य मन्त्रालयले समेत कोरोना संक्रमण कम भयो भनेर ढुक्क नहुन आग्रह गरेको छ । यतिखेर अमेरिकासहित विश्वका धेरै मुलुकले लकडाउनका प्रतिबन्ध खुकुलो पारेका छन् । यद्यपि केही मुलुकमा अझै पनि दैनिक संक्रमितको संख्याले रेकर्ड बनाइरहेको छ । पहिले सार्सकोभ २, त्यसपछि डेल्टा, अनि ओमिक्रोन कोरोनाका यी तीन भेरियन्टले विश्वभर धेरै मानिसको ज्यान लियो ।
अब कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ । अहिलेका लागि यो नयाँ भेरिएन्ट विरलै भएको र यो डेल्टा र ओमिक्रोन संयुक्त भाइरस ओमिक्रोनभन्दा बढी संक्रामक भएको कुनै प्रमाण नभेटिपनि यसले त्रास भने उब्जाएको छ । कोरोना भाइरस संक्रमणको केन्द«न्दिु मानिएको चिनमा समेत कोरोना संक्रमण बढ्दै गएको अवस्थामा कोरोना संक्रमणलाइ पूर्ण रुपमा वेवास्ता नगर्न बिज्ञहरुको सुझाव छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, स्वास्थ्य
ट्याग : #अस्पतालमा बिरामी, #संक्रमण मत्थर, #स्वास्थ्य मन्त्रालय
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्