खनाललाई इलाम पुगेका ओलीले भने एमालेको भोटले जित्ने, एमालेकै बाकस खाली गर्छु भन्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालप्रति आक्रोश पोखेका छन् । आइतबार इलामको फिक्कलमा गरिएको कार्यक्रममा उनले एमालेले लगाइदिएको जुँगाको ताउ लगाएर हिँडेको भन्दै खनालप्रति आक्रोश पोखेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले आउँदो चुनावमा ओलीको बाकस खाली हुने बताएका थिए । खनालकै निर्वाचन क्षेत्रमा पुगेर ओलीले त्यसको जवाफमा भने, ‘नेकपा एमालेले लगाइदिएको जुँगामा ताउ लगाउने अहिले अनि एमालेको बाकस खाली हुन्छ भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिन तपाईहरुले जवाफ दिनुपर्छ आउँदो वैशाख ३० गते’ उनले इलाममा भने ।
एमालेका कार्यकर्ताको बलमा चुनाव जितेकाहरु राजीनामा दिनुको सट्टा एमालेविरुद्ध नै लागेको ओलीले टिप्पणी गरेका थिए । एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य, बगाएको पसिनाको मूल्य, छोडेका कामको मूल्य, रोजगारीमा नगएर अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको समय कार्यकर्ताको मेहनत त्यो कुरा सबै बिर्सिएर त्यसको भत्ता खाइराखेर र राजीनामा गर्नुपर्दैन कमसेकम त्यसबट अलग हुनुपर्दैन ? भन्दै ओलीले प्रश्न गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एकीकृत समाजवादी, #केपी शर्मा ओली, #झलनाथ खनाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्