Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, को–को बाहिरिएलान को को नयाँ मन्त्री बन्लान ?


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि आचारसंहिता जारी गर्ने तयारी गरिरहेको बेला मन्त्रिपरिषद् हेरफेरको गृहकार्य शुरु भएको छ । सत्तामा सहभागि नभएको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सहभागि गराउने गरि तयारी थालिएको छ । ४ दल मिलेर बनेको बर्तमान सरकारले प्रभावकारी काम नगरेको भन्दै आलोचना भैरहँदा फेरि मन्त्री फेर्ने चर्चा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यस बिषयमा सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसंग परामर्श गरेका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पठाएका केहि मन्त्रीले प्रभावकारी काम नगरेको भन्दै पार्टी भित्र र बाहिर पनि चर्चा भैरहेको छ । आचारसंहिता पछि मन्त्री मण्डल परिवर्तन गर्न नपाइने भएकोले पनि छिट्ै मन्त्रीहरु थप घट गर्न लागिएको बताइएको छ ।

मंगलवार जनकपुर पुुगेका माओवादी अध्यक्ष प्रचण्डले मन्त्रीहरु फेरबदल हुन लागेको छनक दिए । प्रधानमन्त्री देउवाले पार्टी सभापति जित्ने बेला नेता प्रकाशमान सिंह र सुजाता कोइालासंग केहि सहमति गरेको र उनीहरुलाई मन्त्री मण्डलमा ल्याउने गरि छलफल भैरहेको बताइन्छ । नेता सिंहले दोस्रो चरणमा नेता शेखरको टीम छोडेर सभापति देउवालाई सघाएका थिए । त्यसवेला देउवासंग अनौपचारिक सहमति भएको बताइन्छ । यसै पनि अहिले रक्षा एव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्री बिहीन छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको कोटामा मन्त्री भएको भनिएका गजेन्द्र हमालले राजीनामा दिएयता उद्योग मन्त्रालयले मन्त्री पाएको छैन भने पार्टीको निर्वाचनमा महामन्त्रीमा हारेपछि मिनेन्द्र रिजालले राजीनामा दिएका थिए । नेकपा एकीृकत समाजवादीका शीर्ष नेताहरु पनि आफ्ना केहि मन्त्रीहरुको काम प्रभावकारी नभएको भनि असन्तु्ष्ट देखिएको बेला मन्त्रीमण्डल हेरफेर गर्न खोजेको हुनसक्ने आकलन गरिएको छ ।

स्थानीय चुनावमा गठबन्धन बनाएर जाने बिषयमा पनि छलफलमा जुटेका सत्तारुढ दलहरु लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा ल्याउन खोजिरहेका छन् । मंगलवारनै जनकपुरमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागि हुनेबारे छलफल भैरहेको जानकारी दिए । निर्वाचन आयोगले यहि चैत १५ गतेदेखि आचारसंहित जारी गर्ने बताइरहदा सरकार त्यस अघिनै हेरफेर, कर्मचारी सरुवा बढुवा टुग्याउने गरि घनीभूत छलफलमा जुटेको पाइन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, #आचारसंहिता, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्