Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सर्बोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं । अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा रहेको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सामेल रहेका छन्। संवैधानिक परिषद्सम्बन्धी प्रावधान संशोधन गरी तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्धका १ सय १२ रिटमाथि बुधबारका लागि संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो।

सर्वोच्चले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता ओमप्रकाश अर्याल,कीर्तिनाथ शर्मा पौडेल र समृत खरेलको रिटमा अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश जारी गरेको हो । यसैगरी संवैधानिक निकायमा गरिएको पदाधिकारी सिफारिश, नियुक्ति लगायतका निर्णयको सक्कल फाइल झिकाउने र यससम्बन्धी सबै रिटलाई एकसाथ पेश गर्ने आदेश समेत सर्वोच्चले दिएको छ । नियुक्तिविरुद्धमा परेका रिटमा लामो समयपछि शुक्रवारदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्वोच्च अदालत, #संवैधानिक इजलास

तपाईको कमेन्ट लेख्नुहोस्