जसपाको आरोपः सांसद प्रमोद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरे

काठमाडौं । जनता समाजवादी पार्टीले प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहमाथि नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गरेर आक्रमण एमाले कार्यकर्ताले गरेको आरोप लगाएका हुन् ।
कामको सिलसिलामा गृह जिल्ला पुगेका सांसद साह र अन्य कार्यकर्ताहरूमाथि नेकपा एमालेका कार्यकर्ताहरूले सुनियोजित ढङ्गबाट आक्रमण गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं हुने समेत जसपाले चेतावनी दिएको छ ।
घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जसपाले माग गरेको छ ।क्लबको जग्गाको विषयमा दुई पक्षबीच भएको झडपमा सांसद साह, उनका सुरक्षा गार्ड र जसपाका केही कार्यकर्ता घाइते भएका छन् । सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #नेकपा एमाले, #सांसद साह
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्