एमाले अध्यक्ष ओली र वाङ यीबीच भेटवार्ता,चिनियाँ नाका खुलाउनेदेखि रेल्वे योजनाबारे छलफल

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता भएको छ । काठमाडौंको नक्सालस्थित मेरियट होटलमा करिव एक घण्टा चिनियाँ प्रतिनिधिमण्डल र एमालेका नेताहरूसहित छलफल भएको हो । छलफलमा दुई देशको सम्बन्ध र हितका विषयमा कुरा भएको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले बताए ।
भेटमा चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)सँग सम्बन्धित नेपालले प्रस्ताव गरेको योजना कार्यान्वयनको विषयमा एमाले अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए । नेपालमा रोड, रेल्वे, सिँचाइ, जलविद्युत, शिक्षा र स्वाथ्य क्षेत्रसँग जोडिएका परियोजनामा चीनले गरेको सहयोगको लागि धन्यवाद दिँदै ती क्षेत्रका परियोजना चाँडो सम्पन्न गराउने बारेमा ओलीले वाङ यीको ध्यानाकर्षण गराएका थिए ।
त्यसबाहेक, चीनतर्फका नाका सुचारू गराउने, चीनमा अध्ययन गरिरहेका तर कोरोना महामारीका बेला नेपाल आएका विद्यार्थीलाई चीन लगेर अध्ययन नियमित गराउने लगायत विषयमा ओलीले चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसबाहेक चीनको सहयोगबाट समृद्ध नेपाल, सुखी नेपाली बनाउने योजना कार्यान्वयनमा मद्दत मिल्ने भएकाले चिनियाँ सहयोग बढाउने बारेमा वाङ यीको ध्यानाकर्षण ओलीले गरेको बताइएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले भने अल्पकालीन र दीर्घकालीन योजनालाई सोहीअनुसार प्राथमिकता दिएर कार्यान्वयनमा ध्यान दिने बताएका थिए । भेटमा हिमालयन मल्टिडाइमेन्सनल रणनीति कार्यान्वयनको सन्दर्भमा पनि कुरा भएको बताइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनको सम्बन्ध सधैं सुमधुर रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #चिनियाँ विदेशमन्त्री वाङ यि
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्