गगन थापाले भने म गठबन्धनको पक्षमा छैन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताएका हुन् । ‘देशभरमा लाखौ नयाँ मतदाता भएको भन्दै महामन्त्री थापाले उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने गरी अघि बढ्नुपर्ने बताए ।
पहिलो पटक मत हाल्ने मतदातालाई यो पटक रुखमा भोट हाल्न लगाइने भने पछिल्लो चुनावमा रुखमा मत माग्न नसकिने उनको भनाइ छ । अहिले रूख बाहेकमा भोट हाल्न लगाउने हो भने उनीहरुले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?,’ उनले प्रश्न गर्दै भने ‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ? नेताहरुलाई थापाले प्रश्न गरेका थिए ।
बैठकमा सभापति शेरबहादुर देउवाले भने ७४ सालको संसदीय चुनावमा आफूले बालबाल जितेको भन्दै अहिले गठबन्धन गरेरै जानु पर्ने बताउदा केन्द्रीय समिति बैठकमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बिषयले माहोल तताएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गठबन्धन, #महामन्त्री गगन थापा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्