कांग्रेस गठबन्धनकै पक्षमा, स्थानीय आबश्यकताका आधारमा चुनावी तालमेल

काठमाडौं । गठबन्धन गर्ने कि नगर्ने भन्नेमा नेपाली कांग्रेस भित्र प्रष्ट दुइ धार थियो । केहि दिन देखि चलेको केन्द्रीय समिति बैठकमा पनि यसबारे घनीभूत छलफल भयो । शेखर कोइराला समूह गठबन्धन बनाउन नहुने पक्षमा रहेपनि कांग्रेसले गठबन्धनमा जाने औपचारिक निर्णय गरेको हो ।
बैठकपछि काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय भएको जानकारी दिए । यो निर्णयसँगै काँग्रेसले सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने निश्चितप्रायः भएको छ । काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । उ
पसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । उनी काँग्रेसको चुनावी कमाण्डर भएका छन् । डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रचार प्रसार समिति पनि गठन भएको छ । गठबन्धन गर्ने निर्णय भएपनि स्थानीय तहमा त्यस्को ब्यवस्थापन र संयोजन भने कांग्रेसका लागि भारि पर्ने देखिन्छ ।
खासगरी भरतपुर महानगरपालिकामा माओवादीलाई मेयर छोड्न नसकिने बिषय कांग्रेसका लागि अस्तित्वका बिषय बन्न सक्ने देखिन्छ । यो गठबन्धन तीन तहको निर्वाचन सम्म जाने बताइपनि त्यस्को प्रारुप भने अझै स्पष्ट भैसकेको छैन । स्थानीय तह निर्वाचन आगामि बैशाख ३० गतेका लागि तय भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रकाशशरण महत, #शेखर कोइराला समूह
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्