Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रधानमन्त्री प्रधानमन्त्री देउवा भारतको नयाँ दिल्लीमा, शनिबार मोदीसँग भेटवार्ता


काठमाडौं । तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भेटवार्ता सुरु गरेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरे लगत्तै प्रधानमन्त्री देउवाले भेटघाट तथा कार्यक्रममा सहभागि भएका हुन् । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भने शनिबार भेटवार्ता गर्नेछन् । तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् ।

चार मन्त्रीसहित ४० नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवालाई स्वागतपछि भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले नेपाल र भारतबीचको सम्बन्ध लामो भएको उल्लेख गरे । उनले प्रधानमन्त्री देउवाको भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध झनै प्रगाढ हुने विश्वास ब्यक्त गरे ।

राज्यमन्त्री भट्टले नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध समेत रहेको उल्लेख गरे । भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री भट्टको स्वागतपछि प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुगेका थिए । त्यसपछि प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री देउवा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुगे ।

पार्टी कार्यालयको अवलोकणपछि प्रधानमन्त्री देउवा नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । शनिबार भने प्रधानमन्त्री देउवाको ब्यस्त कार्यतालिका छ । स्थानीय समय अनुसार पौनी ११ बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । राजघाटबाट पर्किएपछि करिव सवा ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह सवा १२ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । शनिबार नै साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको बनारस जाने छन् । बनारसबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट दिउँसो सवा ४ बजे स्वदेश फर्कने कार्यतालिका छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #भारतको नयाँ दिल्ली, #भ्रमणका लागि भारत

तपाईको कमेन्ट लेख्नुहोस्