प्रधानमन्त्री देउवाले गरे भारतीय समकक्षी मोदीसँग सीमा समस्याबारे छलफल

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले सीमा समस्या समाधानबारे छलफल भएको बताएका हुन् ।
देउवाले भने हामीले दुई देशबीचमा भएको सीमा मुद्दाका विषयमा छलफल गरेका छौ,’ यो विषयमा मोदीजीले द्वीपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्नेबारे हामी सहमत भएका छौँ । यस्तै, प्रधानमन्त्री देउवाले दुइदेशबीचको सम्बन्ध सदीयौं पुरानो रहेकाले यसलाई अझैं सुदृढ बनाउनुपर्नेमा दुवै समकक्षी सहमत भएको बताए । यसबाहेक आपसी सम्बन्ध, दुई देशको विकास, व्यापार गायतका विषयमा गहन छलफल भएको उनले बताए ।
भूकम्प र कोरोना महामारीका बेला भारतले गरेको सहयोगका लागि प्रधानमन्त्री देउवाले प्रशंसा गरेका थिए । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धको मिसाल विश्वमै नरहेको बताएका थिए । नेपाल–भारत अनादीकालदेखि नै सुखदुखको साथी रहेको बताउँदै उनले नेपालको विकासका लागि भारत जहिल्यै तत्पर रहेको जानकारी दिए । दुई समकक्षीबीचमा परस्पर सम्बन्ध, विकास, सांस्कृतिक संरक्षणलगायतका विषयमा गम्भीर भएर छलफल भएको पनि बताइएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो । प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेको बताएका हुन् । उनले नेपाल र भारतले समावेशी विकासको साझा उद्देश्य लिएको समेत बताए । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्त्वपूर्ण रहेको भनाई उनको थियो ।
भारतीय प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनालाई तीव्र रूपमा अघि बढाउने आश्वासन नेपाललाई दिए । पञ्चेश्वर परियोजना तीव्र रूपमा अघि बढाउन जोड दिएका छौँ । यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । भारतीय आनाकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन ।
नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तीव्र रूपमा अघि बढाउने आश्वासन दिँदै आएको छ । यस पटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् । मोदीले भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टिभिटीमा जोड दिएको बताएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #द्वीपक्षीय संयन्त्र, #नेपाल–भारत, #शेरबहादुर देउवा, #सीमा मुद्दाका विषयमा छलफल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्