Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

सुपारी आयातमा संसदीय समिति बाधक, रोक्न सरकारलाई दियो निर्देशन


काठमाडौं । सरकारलाई सुपारी आयातको इजाजत रोक्न संसदीय समितिले निर्देशन दिएको छ ।  बुधवार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपारी आयात इजाजत पत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।

देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्राको सञ्चिति न्यून रहेको बेला यो वस्तुको आयात जरुरी छैन भन्ने निष्कर्षमा पुगेर समितिले यस्तो निर्देशन दिएको उनले बताए ।

समितिले सुपारी आयात र प्रयोगको अवस्थाबारे स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको समिति सभापति श्रीवास्तवले जानकारी दिए ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आयात इजाजत पत्र, #संसदीय समिति, #सुपारी आयात

तपाईको कमेन्ट लेख्नुहोस्