Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

किन प्रभावकारी भएन स्वास्थ्य विमा कार्यक्रम, २० प्रतिशत नागरिक मात्रै जोडिए


काठमाडौं । नेपालको स्वास्थ्य सेवा सबै जनताको पहुँचमा छैन । उपचार महङ्गो छ । यही समस्यालाई समाधान गर्न सरकारले स्वास्थ्यबीमा कार्यक्रम ल्याएको थियो । तर यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । स्वास्थ्य विमा सञ्चालन भएयता अहिलेसम्म २० प्रतिशत नागरिक मात्रै बिमाको दायरामा आएका छन् । कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम यो बर्षबाट ७७ बटै जिल्लामा बिस्तार भएको छन् । बिमा कार्यक्रम ७७ बट जिल्लामा बिस्तार भएतापनि बिमा सेवा प्रभावकारी बन्न सकेको छैन ।

स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ६ बर्ष पुरा हुदा ७७ बटै जिल्लाका ७ सय ४५ स्यानिय तहमा बिस्तार भएको छ । जसमा २०.०३ प्रतिशत नागरिक बिमित भएका छन् । ५ वर्षभित्र ३ करोड नेपालीको बीमा गर्ने लक्ष्य राखिए पनि हालसम्म निकै कम व्यक्ति मात्रै बीमाको दायरामा आएका छन् । बिमा सम्बन्धी जन चेतनाको अभावले सरकारी लक्ष्य अनुसार बिमितको संख्या बढ्न सकेको छैन् । अर्काेतिर स्वास्थ्य बिमा बोर्डले सम्बन्धित अस्पताललाइ बिमा बापतको रकम भुक्तानि नगर्दा अस्पतालहरुले उपचारमा आनाकानी गरिरहेका छन् ।

बजेट, जनशक्तिको अभावका कारण कतिपय अस्पतालका बिमा सेबानै बन्द हुने स्थितिमा पुगेको छ । बोर्डको आफ्नै कर्मचारीको स्थायी दरवन्दी नहुदा र सर्वसाधारणलाई बिमाको विषयमा अझै बुझाउन नसक्दा नविकरण गर्ने बीमितको संख्यामा कमी आएको बसौलाले बताए । पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रदायक संस्थामा व्यवस्थापन गर्न समस्या देखिएको उनले स्वीकार गरे र त्यसलाई समाधान गर्ने प्रयास आफुहरुले गरिरहेको जानकारी दिए ।

देशभर कूल १५ लाख ८ हजार ५ सय १४ परिवारले बिमा गरेका छन् । कूल बीमितमध्ये ३९ दशमलब ३९ अर्थात २० लाख ८९ हजार ५ सय ९९ जनाले सेवा लिएका छन् । कुल बिमित मध्ये अति गरिब परिवारको बीमित सदस्य संख्या ४ लाख ८८ हजार ४, रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार ५ जनासम्मको परिवारले स्वास्थ्य बीमा गर्दा वर्षमा ३५ सय रुपैयाँ तिर्नुपर्छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिव्यक्ति ७ सय रुपैयाँ थप तिर्नुपर्ने हुन्छ । ५ सदस्य परिवारले एक वर्षमा बढीमा एक लाख र १० सदस्य भएका परिवारले दुई लाख बराबरको स्वास्थ्य सेवा पाउँनेछन् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #स्वास्थ्य सेवा, #स्वास्थ्यबीमा

तपाईको कमेन्ट लेख्नुहोस्