सर्बोच्चले माग्यो जवराबिरुद्ध लगाइएको महाअभियोगको कागजात

काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता गर्दाका कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।अधिवक्ता पुण्यप्रसाद खतिवडाले दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार संवैधानिक इजलास राणाविरूद्धका कागजात पेस गर्न आदेश दिएको हो ।
संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसी छन् । गत फागुन १ गते सत्तारूढ दलका ९८ सांसदले राणाविरूद्ध महाभियोग दर्ता गरेका थिए। राणाविरूद्धको महाअभियोग असंवैधानिक भन्दै अधिवक्ता खतिवडाले रिट दायर गरेका थिए।
संसदमा महाअभियोग दर्ता भएर महाअभियोग सिफारिस समिति गठन भएको छ। समिति गठन भएपनि राणामाथिको छानबिन सुरू भएको छैन। संसद स्थगित गरेर दलहरु चुनावमा केन्द्रीत भएका कारण उनको कारवाही अघि बढ्न सकेको छैन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चोलेन्द्रशमशेर राणा, #सर्वोच्च अदालत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्