दलहरुलाई एक्लै चुनावमा जान डर,पार्टीको अस्तित्व जोगाउन साहारा खोज्दै गठबन्धनमा

काठमाडौं । राजनीतिक दलका प्रतिनिधिले निर्वाचित भएपछि जनताको सेवामा कस्तो भुमिका निर्वाह गरे भन्ने मुल्याँकन र समिक्षा निर्वाचनले गर्छ । एक्ला एक्लै चुनाव लडदा दलको शक्ती कति छ भनेर परिक्षण पनि हुन्छ । तर नेपालमा पछिल्लो समयमा एक्लै चुनाव लडन राजनीतिक दलहरु डराई रहेको जस्तो देखिन्छ । ठूला दलहरुनै खासै जनाधार नभएका दलहरुसँग पनि चुनावी तालमेलको सहारा खोजिरहेका छन ।
पहिलो संविधान सभा २०६४ / २०७० सालमा सम्पन्न निर्वाचनमा सवै राजनीतिक दलले एक्ला एक्लै चुनावी प्रतिस्पर्धा गरेका थिए । तर आफुलाई कमजोर महशुस गदै आएका एमाले र नेकपा माओवादी केन्द्रले २०७४ मा चुनावी कार्यगत एकता गरे । जसको परिणाम स्वरुप झन्डै दुईतिहाईको बहुमत प्राप्त गरे । एमाले माओवादी विच पार्टी एकता पनि भयो । उनीहरुको एकता लामो समय टिक्न सकेन र पार्टी विभाजन भयो । ती दल अहिले आआफनो बाटोमा छन र चुनावी तालमेलको सहारामा अगाडी बढीरहेका छन ।
माओवादी लगाएत गठबन्धनका दलले काग्रेसको फेर समाएका छन भने एमालेले भर्खरै गठन भएको राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरेका छन । स्थानिय निर्वाचन जित्न कठिन महशुस गदै दलहरु अस्तित्व नै नभएका दलसँग समेत चुनावी तालमेलमा छन । एकलै चुनाव जान डराएर सत्तारुढ दलहरुले त संघ,प्रदेश तथा संघीय चुनावसम्म चुनावी समिकरण गरेर जाने सहमती समेत गरेका छन । चुनाव जित्न कै लागि आफनो आदर्श र सिद्धान्तलाई भुल्ने प्रयास गर्नु लोकतन्त्र कै लागि उपहास भएको काँग्रेस महामन्त्री गगन थापा स्वीर्काछन ।
गठबन्धनदेखि डराएको एमालेले स्थानिय चुनाव जित्न राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरेको छन । एमाले नेतृ पदमा अर्याल सत्तारुढ गठबन्धनले अप्राकृतिक चुनावी तालमेल गरेको दाबी गर्दै एमालेको चुनावी तालमेल प्राकृतिक भएको दावी गर्छिन् । जसरी भएपनि जीत निकाल्ने भन्दै चुनावी तालमेल गरेपछि कुन दल कति शतिmशालि छ भन्ने परिक्षण समेत नहुने स्थिति छ ।
दलहरुले चुनाव आफनो पक्षमा पार्न आर्दश सिद्धान्त भन्दा पनि चुनाव जित्ने प्रयोजनले तालमेल गर्ने बिषयलाई स्वभाविकनै मान्नुपर्ने त्रिभुवन विश्व विद्यायलयका प्राध्यापक डा.तुलसी प्रसाद गौतमको भनाई छ । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेलेले प्रत्यक्षतर्फ ८० समानुपातिक तर्फ ४१ ,नेपाली काँग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फ ४० र माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७,सघिय समाजवादी फोरम १० र समानुपातिकतर्फ ६ र राप्रपा र राष्ट्रि«य जनमोर्चाले प्रत्यक्षतर्फ एक एक सिट जितेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेस, #गठबन्धन, #राजनीतिक दल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्