लोकतन्त्रको १६ बर्ष, सच्चिएनन् राजनीतिक दल

काठमाडौं । बैशाख ११ अर्थात् लोकतन्त्र दिवस । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र आएको १६ बर्ष पूरा भएको छ । आज १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १६ औँ लोकतन्त्र दिवस मनाइँदैछ । २०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित जनताले अधिकार प्राप्त गरेका थिए ।
लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २ सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा पनि भयो ।
पहिलो संविधानसभाले संविधान बनाउन नसकेपनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान बनाइ कार्यान्वयनको क्रममा छ । तर, जनताको बलिदानबाट प्राप्त लोकतन्त्र आभास जनताले गर्न नपाएको गुनासो पनि बढेको छ । राजनीतिक परिवर्तनका लागि जनता सडकमा उतारेका नेताहरु भने अझै पनि स्वार्थबाट बाहिर निस्कन नसकेको गुनासो बढेको छ ।
संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । तर, जनताको अधिकारका लागि भन्दा पनि नेताहरु भने आफनै स्वार्थमा केन्दीत छन् । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । गठबन्धन गरेर दलहरु चुनावी मैदानमा उत्रिएका छन् । जनताको अधिकारका सवाल भन्दापनि ब्यक्तीगत कुण्ठाका कारण गठबन्धन कति समय टिक्ला भन्ने प्रश्न पनि उब्जिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #तीनै तहको निर्वाचन, #बैशाख ११, #लोकतन्त्र दिवस, #संसद् विघटन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्