Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

मतदान गरेपछि ओलीले भने गठबन्धनभन्दा बढी सिट जित्छौं


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान नेकपा एमालेले जित्ने दाबी गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरे ।

नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’ उनले वैशाख ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रयास गरेको आरोप पनि लगाएका छन् । तर, आफूले अस्वीकार गरेको भन्दै उनले भने, ‘उहाँले ९ गते मलाई स्थगित गरेर पर सारौं भनेर प्रस्ताव गर्नु भएको थियो । अनि धाक लगाउने कुरै भएन ।’

‘हामी सहमत भएपछि र कानूनी व्यवस्थाका कारण उहाँहरु चुनाव गराउन वाध्य हुनुभएको हो । नत्र मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ कि अनेक तरिकाले चुनाव रोक्न खोज्नुभएको थियो । यो चुनाव गराउन हामीले धेरै पापड बेल्नु परेको छ,’ ओलीले दाबी गरे ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #नेकपा एमाले

तपाईको कमेन्ट लेख्नुहोस्