स्थानीय तह निर्वाचनः जसले आफ्नै वडा जिताउन सकेनन्

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । पछिल्लो मत परिणामले नेपाली कांग्रेसलाई विगतभन्दा बलियो बनाउदै गएको देखिन्छ । अघिल्लो चुनावमा सबैभन्दा बलियो देखिएका काठमाडौंका अधिकांश क्षेत्रमा एमाले कमजोर देखिएको छ । गठबन्धनका कारण माओवादीको अवस्था विगतमा भन्दा सुधारिएको देखिन्छ । यद्यपी गठबन्धनमा भोट नगएका कारण उसको धेरै ठाउँमा जित्ने अपेक्षा गरिएका उमेदवार पराजित भए । जसले माओवादी केन्द्र असन्तुष्ट देखिएको छ । तर, यो पटकको स्थानीय चुनाव पार्टीभित्रका प्रभावशाली नेताहरुलाई वडामै हराएर चर्चामा छन ।
आफ्नै वडामा अर्को पार्टीले जितेर सबैभन्दा पहिले कांग्रेस सभापति शेरबहादुर देउवाको वडा चर्चामा आएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा उनकै गृहनगर गन्यापधुरामा देउवाको घर रहेको वडा नम्बर–१ मा कांग्रेसलाई नेपाली कांग्रेस बीपीले पराजित गरिदियो । देउवाले कारवाही गरेपछि नेपाली कांग्रेस बीपीको चुनाव चिह्नमा उमेदवार खडा गरेका डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्लले देउवालाई अन्यत्र नभएर उनकै वडामा हराइदिए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोट हालेको सूर्यविनायक–२ मा पनि एमाले पराजित भयो । कांग्रेसका प्रदिप कार्की निर्वाचित हुँदा एमाले उमेदवार विश्वराज विष्ट दुई सय भन्दा बढी मतान्तरले पराजित भए । ओली निर्वाचन लड्ने जिल्ला झापा हो । झापामा ओलीको गृहनगर दमकमै एमालेलाई राप्रपाका राम थापाले पछि पारेका छन् । एमालेकी उमेदवार गिता पौडेल अधिकारी थापाभन्दा एकहजार बढी मतले पछाडि छन् ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि आफ्नै गृहनगरको वडामा पराजित भए । अर्थमन्त्री समेत रहेका शर्मा रुकुम पश्चिमका विषयमा आफ्नै पार्टी अध्यक्षको समेत हस्तक्षेप स्वीकार गर्दैनन् । उनले रुकुम पश्चिमका साना भन्दा साना निर्णयमा पनि आफ्नो सहभागिता खोज्छन् र त्यसको श्रेय पनि आफैँ लिने गरेका छन् । स्थानीय तह निर्वाचनमा भने अर्थमन्त्री शर्मालाई राम्रै धक्का लागेको छ । पहिलो उनले आफ्नै गृहनगरका आफ्नै वडामा पराजय भोगेका छन् ।
जनार्दन शर्माको गृह वडा मुसिकोट नगरपालिका वडा नम्बर ५ मा कांग्रेसका उमेदवार समीरजंग मल्ल निर्वाचित हुँदा शर्माले उठाएका सुशील गौतम पराजित भए । मल्लले ५०८ मत ल्याएर निर्वाचित हुँदा गौतमका ४२४ मत मात्र आएको छ । त्यो वडामा पुरै प्यालन कांग्रेसले जितेको छ । यतिमात्रै होइन रुकुम पश्चिममा देशभर गठबन्धन गरेको कांग्रेसलाई नै शर्माले गठबन्धनमा सामेल गराएनन् । तर, त्यही जिल्लामा कांग्रेसले शर्माको गृहनगर मुसिकोट र अर्को पालिका बाँफिकोट पनि जितेको छ । एमालेका युवा नेता योगश भट्टराईको ताप्लेजुङको मौवा खोलामा पनि एमाले हारेको छ ।
विगतमा पुरै जितेको पालिका अध्यक्ष अलोकप्रिय भए पनि योगशले उनैलाई टिकट दिँदा हार भएको भन्दै एमालेभित्रै उनको आलोचना भइरहेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको वडा पनि नेकपा एकीकृत समाजवादीले हारेको छ ।
भोजपुरको षडानन्द गाउँपालिका–११ मा नेकपा एसले हार्दा नेपाली कांग्रेस निर्वाचित भएको छ । कांग्रेसका भूपालकुमार कार्की ६९६ मतसहित ११ नम्बर वडाको अध्यक्ष निर्वाचित हुँदा नेकपा एसका मिलन विष्ट ३७७ मत ल्याएर पाराजित भए । दलभित्र पहुँच राख्ने नेता मात्रै होइन सभापति र अध्यक्षले समेत वडाध्यक्ष जिताउन नसक्दा उनीहरुको आलोचना भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र, #शेरबहादुर देउवा, #स्थानीय तह निर्वाचन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्