वातावरण प्रदुर्षणले मानव जीवन अस्तब्यस्त, प्राकृतिक स्रोतहरूको दोहनले समस्या

काठमाडौं । आइतबार विश्व वातावरण दिवस । बिश्वभर वातावरणको असर र न्युनीकरणका उपायबारे बहस भएका छन् । पछिल्लो समय जनसंख्याको बढ्दो चापसँगसँगै प्रदुषण पनि बिकराल बन्दै गएको छ । संघीय राजधानी काठमाण्डौंमा फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा प्रदुषणले नराम्ररी गाँजेको छ । विश्व वातावरण दिवश वातावरणलाइ स्वच्छ राख्न तथा वातावरण जोगाउन विभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाइएको छ ।
बिभिन्न स्थानमा सरसफाइ गर्ने बृक्षारोपण गर्ने लगायत जनचेतना मुलक कार्यक्रम गरि दिवश मनाएको हो । पछिल्लो समय बढदै गएको वातावरणीय प्रदुषणका कारण यस्ता कार्यक्रम तथा योजनालाइ गिज्याइरहेको भान हुन्छ । उद्योग, कलकारखाना एकातर्फ छन् भने अर्कोतर्फ त्यसबाट निस्कने फोहोर मैला तथा अन्य फोहोरको उचित व्यवस्थापन नहुँदा समस्या झनझन बिकराल बन्दै गएको छ । जसका कारण जनस्वास्थ्यमा समेत गम्भिर समस्या निम्तदै गएको छ ।
अहिले बढिरहेको प्रदुषणका नकारात्मक असरका कारण दिर्घकालिन समस्या बन्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ । विश्वको जनसंख्याको चाप निकै तीब्र छ । करिब दश हजार वर्षअघि पृथ्वीमा जिवन भएकाहरुको संख्या करिब ५० लाख थियो भने हाल यो संख्या ६–६ अर्ब पुगेको एक तथ्यांकले देखाउँछ । वन जंगल, बन्यजन्तु, खनिज आदि जस्ता प्राकृतिक स्रोतहरूमाथिको हस्तक्षेपमा पनि बृद्धि भएको छ । जसका कारण वातावरणमा त्यसले झनै नकारात्मक असर पुर्याइरहेको हुन्छ ।
बातावरणविद् डा.माधवबहादुर कार्कीले यस तर्फ सरोकारवाला निकायको बेलैमा ध्यान नजाने हो भने बातावरणीय प्रद्षण भविष्यमा चुनौतिपूर्ण बन्दै जाने उनी बताउछन् । कार्कीले बातावरण प्रदुषण कम गर्नका लागि बिद्युतिय सवारी साधनमा जोड दिनुका साथै प्लाष्टिक जन्य प्रयोगलाइ कम गर्नुपर्ने धारण राख्छन् । संयुक्त राष्ट्रसंघका अनुसार दशमध्ये नौ जना व्यक्तिहरूले प्रदुषित हावामा स्वास फेर्ने भएकोले मृत्युको एक मुख्य कारण पनि वायु प्रदूषण बनेको जनाएको छ ।
नेपाल पनि बिश्वमा बायु प्रदुषण बढी हुने देश मध्ये पर्छ । त्यस्मा पनि राजधानी काठमाण्डौं संसारकै प्रदुषित शहर मानिन्छ । नेपाल पनि बिश्वमा बायु प्रदुषण बढी हुने देश मध्ये पर्छ । त्यस्मा पनि राजधानी काठमाण्डौं संसारकै प्रदुषित शहर मानिन्छ । प्रदूषणले क्यान्सर, निमोनिया, मुटु रोग साथै प्राण घातक रोग निम्त्याउने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाखव्यक्तिहरूको मृत्यु हुने गरेको देखाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जनसंख्याको बढ्दो, #विश्व वातावरण दिवस, #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्