Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

आइतबार विदा दिने निर्णयबाट पछि हट्यो सरकार,असार १ गतेबाट शनिवार मात्रै विदा


काठमाडौं । सरकार असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था​बाट पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेसँगै सरकारपछि हटेको हो ।

नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर, सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

सोमबार मात्र दुई दिन बिदा दिने निर्णय विरुद्ध अदालतमा रिटसमेत परेको थियो । दुई दिन विदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

नेपालमा दुई दिने विवाद कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको विदा कटौति गर्न दबाब दिँदै आएका थिए । सोहीबमोजिम आइतबारको विदा हटाउने निर्णय भएको बताइएको छ ।

असार १ गतेदेखि अब आइतबार विदा हुने छैन। साता विदा शनिबारमात्र हुनेछ । गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख
ट्याग : #आइतबार विदा, #दुई दिन बिदा दिने व्यवस्था, #मन्त्रिपरिषद्

तपाईको कमेन्ट लेख्नुहोस्