मेयर बालेनलाई फोहोर ब्यवस्थापनमा चुनौति,सहमतिको वेवास्ता गर्दै सिसडोलका स्थानीय आन्दोलित

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुर्याइएका काठमाडौं महानगरका गाडी स्थानीयले रोकेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई नियन्त्रणमा लिएर फोहोर ब्यवस्थापन सुरु गरेको हो । सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो ।
सोही सहमतिअनुसार बञ्चरेडाँडामा फोहोर पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीयले फोहोरको गाडी अवरोध गरेका हुन् । बञ्चरेडाँडामा फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । करिब दुई घण्टा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
स्थानीय जनप्रतिनिधि र सरोकार समितिका प्रतिनिधि नराखी गरिएको सहमति आफूहरूलाई मान्य नहुने बताएका छन् । आफूहरूले राख्दै आएको माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान छ । फोहोर फाल्न अघि टिपरहरुमा गन्ध नआउने केमिकल पनि छर्किएको छ ।
यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #बञ्चरेडाँडा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्