मिटर व्याजमा पैसा लगानी नगर्न नगराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कानून विपरीत मिटर व्याजमा पैसा दिएर ब्याज असुल गर्ने लगायतका क्रियाकलाप नगर्न सचेत गराएको छ । मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै यस्तो गतिबिधि नगर्न नगराउने सचेत गराइएको हो ।
मन्त्रालयले विज्ञप्ती मार्फत गैह्रकानुनी ब्याज लगायतका अबैधानिक गतिविधि आफूमा भएमा वा कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सबैलाई अनुरोध समेत गरेको छ। पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव फणीन्द्रमणि पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौन शोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत गतिबिधि नगर्न सचेत समेत गराइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गृह मन्त्रालय, #गैह्रकानुनी ब्याज, #मिटर ब्याज
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्