राज्यमन्त्री विमला वली प्रेमीको घरमा पुगी तोडफोड, श्रीमती र छोरीलाई कुटिन(फोटोसहित)

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले दाङको तुलसीपुरमा ताण्डप मच्चाएकी छन् । आफ्नो ‘प्रेमी’ को घर भन्दै भित्र छिरेर आतंक मच्चाएपछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा राखेको छ ।
मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा मंगलबार बिहान प्रवेश गरेकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको स्थानीयले बताएका छन् ।
उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेकी छन् । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको थियो ।
गत वर्ष भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो राखेकी थिइन । त्यतिबेला उनको चौतर्फी आलोचना हुँदा समेत आफनो भाई भन्दै बचाउ गरेकी थिइन ।
विमलाका श्रीमानको दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् । प्रेमीको घर भन्दै मन्त्रीको यो हर्कत देखेर सबै आश्चार्यमा परेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ताण्डप मच्चाएकी, #लुम्बिनी प्रदेशकी, #विमलाकुमारी वली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्