अर्थमन्त्री जनार्दन शर्मामाथि एमालेको प्रहार, राजीनामा दिन माग, संसद बैठक नै अवरुद्ध

काठमाडौं । बजेट निर्माणका क्रममा जेठ १४ गते मध्यराति बजेट शाखाका प्रमुख लगायत उच्च पदस्थ कर्मचारीलाई बेवास्ता गर्दे बाहिरबाट अनधिकृत ब्यक्ति झिकाएर राष्ट्रको गोपनियता भंग गरेको भन्दै अर्थमन्त्री शर्मा विवादमा तानिएका छन् । एमालेले अर्थमन्त्रीको उक्त कदमलाई राष्ट्रघात भनेको छ । अर्थमन्त्रलायले बिज्ञप्ति जारी गरि बजेट निर्माणमा अनधिकृत ब्यक्ति सहभागि नभएको बताएपनि अर्थमन्त्रीको अबान्छित कदम छताछुल्ल भएको छ ।बजेट निर्माणमा अर्थमन्त्री शर्माले राष्ट्रघात गरेको भन्दै एमालेले संसदमा राजीनामा माग गरेको छ ।
पूर्वनायवसुब्बा र अर्का एकजना ब्यक्तिलाई बिज्ञ हो भनि राजस्वका दर उनीहरुले भनेअनुसार मिलाउनुभनि मन्त्रीले निर्देशन दिएको बिषय आपत्तिजनक पाइएको छ । संचारमाध्यममा नायव सुब्बाको बारे सार्वजनिक भएपनि अर्का ब्यक्ति को थिए, उनी नेपाली थिए कि बिदेशी भनेर संसदमा प्रश्न उठेको छ । अर्थमन्त्रीको जवाफ माग गर्दै एमाले सांसदहरु उठेर बिरोध गरेपछि सभामुख अग्नी सापकोटाले यस बिषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।
सत्तारुढ नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले अर्थमन्त्रीको गल्ति प्रमाणित भए नेपालको कानून अनुसार कार्वाही हुने वताएका छन । तर, सत्तारुढ दल नेकपा माओवादीका नेता शक्तिवहादुर वस्नेतले कसैले विरोध गरे कै भरमा मन्त्रीको राजिनामा माग्नु अनुचित भएको बताए । अर्थमन्त्री शर्मा बिशाल ग्रूप लगायतका ब्यापारिक घरानाको स्वार्थमा परेर काम गरेको आरोप पनि लागेको छ । उनी प्रधानमन्त्री शेरवहादुर देउवा आरजुको प्रभावमा परेको भन्दै आलोचना पनि भएको छ ।
अर्थमन्त्रालयमा लामो समय बिताएका पूर्व अधिकारीहरुले पनि अर्थमन्त्रीबाट अक्षम्य गल्ती भएको भन्दै राजीनामा दिनुनै उपयुक्त हुने सुझाव दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गरेका छन् । प्रमुख प्रतिपक्षले अर्थमन्त्रीको राजीनामासमेत माग गरेको अवस्थामा अर्थमन्त्री शर्माले प्रष्टीकरण दिएका हुन् । ’बजेट निर्माण गर्दा राजस्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने कुरा अत्यन्त भ्रामक, कपोलकल्पित, झुटा कथा बनाइएको आरोप लगाए ।
अर्थमन्त्रीले प्रष्टिकरण दिएपनि नेकपा एमालेले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरे । एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #एमालेको प्रहार, #संसद बैठक नै अवरुद्ध
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्