बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे र काठमाडौं महानगर बालेन साहबीच टसल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच टसल देखिएको छ । एकले अर्कोलाई आरोप लगाउदै दुबैबीच टसल भएको देखिएको हो । काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच मनमुटाव सुरु भएको बताइएको छ ।
सोमबार बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव भएको थियो । प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह कार्यक्रम नै छोडेर हिँडेका थिए । उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाए ।
दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सकिएको छ । उद्घाटनको दिन कार्यक्रम छोडेर हिँडेका काठमाडौंका मेयर र उपमेयर दोस्रो दिन सहभागी भएनन् । आफूले यो कुरा भाषणमा नै प्रस्ट्याएकाले काठमाडौंका मेयर असन्तुष्ट हुनुपर्ने कारण नभएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
मेयर साहले अभिमुखीकरण कार्यक्रम नै बहिष्कार गरेको विषयमा भने आफू अनभिज्ञ रहेको उनले बताए । मैले प्रमुख अतिथिको रूपमा बोल्दा काठमाडौंको फोहोर उठाउने कुरामा आफूहरू जुनसुकै भूमिका निभाउन तयार रहेको स्पष्ट पारेको छु । काठमाडौं पनि बागमती प्रदेशभित्रै महानगर भएकाले यहाँको फोहोरको चिन्ता हामीलाई पनि उत्तिकै पाण्डेले जवाफ दिएका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #मुख्यमन्त्री राजेन्द्र पाण्डे, #मेयर बालेन्द्र साह
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्