राज्यमन्त्री बिमलालाई जोगाउन मुख्यमन्त्री कुलबहादुरको दौडधुप,रातारात बुटवल पुर्याइयो

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले दाङको तुलसीपुरमा ताण्डप मच्चाएको बिषयले यतिबेला चौतर्फी आलोचना भइरहेको छ । तत्काल बर्खास्तीदेखि कारवाहीसम्म गर्नुपर्ने भन्दै आवाज उठिरहेका छन् । तर, विमलालाई जोगाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले बिभिन्न स्थानमा दवाव बढाएका छन् । दाङ प्रहरीको नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई रातारात पिएसओको जिम्मा लगाएर बुटवल पठाइएको हो ।
मुख्यमन्त्री कुलबहादुर केसीले बजेट पास गर्न विमलाको आवश्यक भएकाले बुटवल पठाइदिन भन्दै प्रजिअलाई चर्को दबाब दिएपछि उनी रातारात बुटवल पुगेकी छन् । नेकपाबाट चुनाव जितेकी वली यतिबेला नेकपा माओवादी केन्द्रमा रहेकी छन् । उनकै कारण लुम्बिनी प्रदेश सरकार बनेको थियो । बुधबार प्रदेश सरकारले बजेट ल्याउदैछन् र केही दिनमा बजेट पास गर्नुपर्ने छ ।
विमलालाई कारवाही गरे बजेट पास गर्न सरकारलाई समस्या पर्ने देखिन्छ । बजेट पास गर्न र सरकार टिकाउन पनि बिमलालाई कारवाहीबाट जोगाउन मुख्यमन्त्री केसीले दौडधुप गरिरहेका छन् । मंगलबार विहान ८ बजे स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली एक पीएसओसहित प्रेमी भनिएका एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा प्रवेश गरेकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेकी थिइन ।
राज्यमन्त्री वलीले कोठाभित्रको दराज तोडफोड गरेकी थिइन । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको थियो । गत वर्ष विमलाकुमारी वली र एकराजको फोटोसमेत सामाजिक सञ्जालमा बाहिरिएको थियो । तर, वलीले फोटोसप गरेर तस्वीर सार्वजनिक गरेको र एकराज आफनो भाई भएको भन्दै आपत्ति जनाएकी थिइन ।
दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त उक्त क्षेत्रमा तत्कालीन नेकपाले उत्तरकी श्रीमती विमलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । विमला फराकिलो मतान्तरले विजयी भएकी थिइन । सो घटनापछि दाङमा राज्यमन्त्री वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा स्थानीय महिलाहरूले प्रदर्शन गरेका थिए ।
विमलाले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपीट गरेको भन्दै मिना भण्डारी बस्नेतले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिएकी छन् । मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन । त्यस्तै, नेकपा एमालेले सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहारमा उत्रिँदासमेत मुख्यमन्त्री तथा सरकार जवाफविहीन भएर बसेको आरोप लगाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तुलसीपुरमा ताण्डप, #राज्यमन्त्री विमलाकुमारी वली, #लुम्बिनी प्रदेश, #विमलाकुमारी वली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्