संसदीय छानविन समितिका प्रतिबेदन कार्यान्वयनमा जटिलता, अझै केही गुपचुप

काठमाडौं । कुनै घटना बिशेषमा प्रतिपक्षी दलले आबाज उठाँउछ अनि बनाइन्छ संसदीय छानबिन समिति । बिगतमा पनि दर्जनौं यस्ता समिति बनेका छन् । तर, त्यस्ता समितिले दिने सुझाव कार्यान्वयन भएको पाँइदैन । यसपटक पनि अर्थमन्त्री प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानबिन समितिको माग गरेको भएपनि त्यस्तो समिति बन्ने छाँटकाँट देखिएको छैन । त्यसो त यो पटक मात्र छानविन समिति गठन गर्न माग गरिएको भने होइन । अधिकांश घटनालाई लिएर यस अघि पनि संसदीय छानबिन गठन गर्नुपर्ने माग उठ्दै आएको थियो । कतिपय बिषयमा भने समिती गठन पनि हुने गरेका छन ।
२०६८ असार ३० गते
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी बजेट पेस गर्न रोस्ट्रम पुगे । तर, काङ्ग्रेसको अवरोधका कारण बजेट प्रस्तुत भएन । बजेट पहिले नै वेवसाइटमा आएको भन्दै विरोध गरेको कांग्रेसको माग थामथुम पार्न छ दिनको म्यादसहित २०६८ असार ३१ गते काँग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन ।
२०७३ साल जेठ १५
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गर्नुअघि नै सुचना चुहाएको भन्दै काँग्रेसद्वारा बैठक अवरोध, २०७३ जेठ १८ मा काँग्रेस सांसद रमेश लेखकको संयोजकत्वमा नौ सदस्यीय समिति गठन , छानविन शुन्य
२०७० पुस ९
२०७० को निर्वाचनको पूर्ण नतिजा नआउँदै चुनावमा धाँधली भएको माओवादी आरोप, निरन्तर संसद अवरुद्द,२०७१ जेठ ३० मा लक्ष्मणलाल कर्णको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन, रूपान्तरित व्यवस्थापिकाको कार्यकाल सकिनुभन्दा एक दिनअघि मात्र प्रतिवेदन पेस ।
२०७४ जेठको पहिलो साता
पहिलो चरणको स्थानीय निर्वाचनमा तत्कालीन सत्तारूढ दलहरूले धाँधली गरेको एमालेको आरोप,छानबिनको मागसहित संसद् अवरुद्ध , अवरोध खुलाउन २०७४ जेठ १३ गते समिति गठन, बैठक बस्ने मात्र काम ।
२०७७ जेठ २६
रुकुमको चौरजहारिमा नवराज विकको हत्या घटनाको बिषयमा छानविन समिति बनाउन सांसदहरुको माग , देवेन्द्र पौडेलको सम्योजकत्वमा समिति गठन , असार ३० मा प्रतिवेदन पेश, तर कार्यान्वय शुन्य । यी केही उदारहण मात्र हुन । राष्ट्रिय महत्वको बिषय उठ्ने बित्तिकै प्रतिपक्षी दलले समिति गठन गर्न माग गर्ने अनी सत्तापक्षले पनि समिती गठन गरेर घटनालाई शान्ता बनाउने प्रयास गर्ने परम्परा बसेको छ ।
समितीले छानविन गरेर प्रतिवेदन बुझाएपनी कारबाही प्रकृयामा कहिल्यै प्रवेश हुँदैन । जसले गर्दा समिती गठन घटनालाई मत्थर बनाउने हतियार जस्तो बनेको छ । पुर्व सभामुख तारानाथ रानाभाटले यस्ता समिती बिगतमा पनि धेरै गठन भएको तर कुनै प्रभावकारीता नभएको बताउछन ।
यसरी समिती पनि गठन गर्ने तर त्यसले दिएका सुझावलाई वेवास्ता गर्दा समिती गठन केवल कर्मकाण्डी मात्र भएको छ । यसले संसदिय अभ्यासमा पनि ठुलो असर गर्ने कतिपयको बुझाई छ । यही अभ्यासलाई निरन्तरता दिने हो भने संसद माथि नै प्रश्न उठ्न सक्ने सम्भावना बलियो बनेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दर्जनौं समिति, #विष्णु पौडेल, #संसदीय छानबिन समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्