हवाई उडान ठप्प पार्ने ब्यवसायीको निर्णय,ब्यवसाय नै खारेज गरिदिने प्रेम आलेको धम्की

काठमाडौं । संस्कृति पर्यटन एव नागरिक उड्डयन मन्त्री प्रेम आलेले हवाइ सेवामा सुधार गर्न खोजेको भएपनि ब्यवसायी निर्णय नभएको भन्दै वायुसेवा सञ्चालक संघले आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले मन्त्री आलेको निर्णय अब्यवहारिक भएको भन्दै आपत्ति पनि जनाएका छन् । केहि न केहि निर्णयका कारण विवादमा आइरहने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आन्तरिक हवाई तर्फको सुधारका लागि केहि निर्णय लिए । तर उक्त निर्णयले हवाई सेवा ब्यवसायमा गम्भीर आघात पुगेको भन्दै ब्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
हवाई ट्राफिक जाम रोक्न, हेलिकोप्टर यात्रामा दुर्घटनाको जोखिम क मगर्न दुइजना पाइलट राख्नैपर्ने निर्णय मन्त्री आलेले गरेका थिए । तर त्यस्ता बिषय ब्यवहारिक नभएको ब्यवसायीहरुको आरोप छ । वायुसेवा सञ्चालक संघले हवाईसेवा शुल्क बृद्धि लगायतका माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका छन् ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न नदिने निर्णय फिर्ता हुनुपर्ने लगायतका ५ बुँदे माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका हुन् । उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न बन्द गरेकाले बिरोधमा उत्रनुपरेको संघका अध्यक्ष रामेश्वर थापाले जानकारी दिए ।
सरकारले विभिन्न कम्पनीका ५० भन्दा बढि जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने बाध्यकारी निर्णय गरेको संघले जनाएको छ । मन्त्री आलेले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोक्ने निर्णय गरेका थिए ।
अत्यावश्यक सेवा बन्द गर्ने मनसाय नभएपनि सरकारी निर्णयले बाध्यात्मक अवस्था सिर्जना भएको वायुसेवा सञ्चालक संघको भनाई छ । संघले त्रिभुवन बिमानस्थलमा हेलिकप्टर संचालनका लागि दिर्घकालिन हेलिप्याड, मर्मर संभारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलव्ध गराउनुपर्ने बताए । यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ ।
संघको निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ । मन्त्री प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उडान बन्द गरे ब्यवसाय नै खारेज गरिदिने चेतावनी दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #मन्त्री प्रेम आले, #संस्कृति पर्यटन एव नागरिक उड्डयन, #हवाइ सेवामा सुधार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्