Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

नेकपा एसमा संसदीय बैठक बोलाउन माग गर्ने प्रेम आलेसहित ६ सांसदले लिए हस्ताक्षर फिर्ता


काठमाडौं । नेकपा एकीकृत समाजवादीमा फेरि नयाँ ट्विस आएको छ । अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन पेश गरेका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

संसदीय दलको बैठक माग गर्दै निवेदन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएपछि नेकपा समाजवादीमा नयाँ ट्विस आएको हो ।

सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता लिएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए ।

निरा देविलाई हस्ताक्षर फिर्ता गराउन कोसिस भइरहेको छ । मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै स्वास्थ्यमन्त्री खतिवडा, शहरी विकासमन्त्री झाँक्री, पर्यटनमन्त्री आले र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका थिए। मन्त्री फेरबदलको बिषयले यतिबेला नेकपा एकीकृत समाजवादीमा किचलो भइरहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #प्रेम आले, #माधवकुमार नेपाल

तपाईको कमेन्ट लेख्नुहोस्