माओवादी केन्द्रमा पदाधिकारी चयनमा सकस,को बन्ला महासचिव ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबार स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी टुंगो लगाउने तयारीमा छ । महासचिवमा बर्षमान पुन र जनार्दन शर्माबीच तीब्र प्रतिष्पर्धा छ । उनीहरुबीच सहमति नबन्ने अवस्थामा अन्य नेताहरुको समेत महासचिवमा हानथाप छ । यस्तो अबस्थामा पदाधिकारी चयनको विषय अझै थाति रहने अनुमान थियो । तर थुप्रै आशंका र अनुमानलाई गलत सावित गर्दै यसपटक भने महासचिवसहित पदाधिकारी र पोलिटब्युरो तथा स्थायी समिति समेत टुगो लगाउने निर्णय भएको छ ।
जारी बैठकबाट पदाधिकारी टुंग्याउन प्रचण्डमाथि केन्द्रीय सदस्यहरुको चर्को दबाब थियो । बैठक लम्ब्याएर भएपनि र तीब्र प्रतिस्प्रधा रहेको महासचिवमा सहमति नजुटे निर्वाचन गरेर भए पनि पदाधिकारीको निर्णय यही बैठकबाट गर्नुपर्ने दबाब सिर्जना गरेका थिए केन्द्रीय सदस्यहरुले । तर महासचिव पनि सहमतिमै टुंगो लगाउने नेता देव गुरुङको दावी छ । महासचिवका एक दावेदार समेत रहेका गुरुङले अध्यक्ष प्रचण्डले नाम वाचन गर्ने र त्यही नै पार्टीको निर्णय हुने बताए ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माको विषयमा समेत चर्चा भएको थियो । बजेट निर्माण प्रक्रियामा अर्थमन्त्रालयसँग असम्बन्धित व्यक्तिलाई मन्त्रालय छिराएर करका दर हेरफेर गरेको गम्भिर आरोप लागेका शर्मा अहिले चातर्फी दबाबमा छन् । मन्त्रालयले सिसिटिभ फुटेज समेत डिलिट भएको बताएपछि उनीमाथि थप प्रश्न र आशंका बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार संसदमा बोल्दै अर्थमन्त्रीको राजीनामा मागेका थिए ।
प्रतिपक्षी दलले मात्र होइन सत्ता गठबन्धको प्रमुख घटक सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसमा पनि अर्थमन्त्रीले राजिनामा गर्नुपर्ने माग बढ्दै गएको छ । अझ कांग्रेस महामन्त्री गगन थापाले त अर्थमन्त्रीले नैतिकताको आधारमा राजिनामा गर्नुपर्ने अन्यथा प्रधानमन्त्रीले उनलाई हटाउनुपर्ने माग नै राखे । त्यसैले पछिल्लोपटक सिसिटिभी प्रकरणले पार्टी थप दबाबमा छ । तर, पार्टीका शीर्ष नेताहरुको बैठकले भने यस्तो अवस्थामा पनि अर्थमन्त्रीको बचाउ गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र, #पोलिटब्युरो र पदाधिकारी टुंगो, #प्रचण्ड, #स्थायी समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्