Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

देउवाको चेतावनी,काम गर्न नदिए तेस्रो पटक पनि सभापति बन्छु


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शेखर कोइराला पक्षमाथि कडा रुपमा खनिएका छन् । उनले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिएका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकमा देउवाले शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै आक्रोश पनि पोखे ।

भेला आयोजना गर्ने भए पार्टी कार्यालयमै गर्न पनि उनले सुझाव दिएका थिए । ‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ’, देउवाले भने । उनले आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताए ।

कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेपछि देउवा कड्किएका थिए । ‘गठबन्धन बने केही उम्मेदवारले जित्लान् तर पार्टी हार्छ’ गौतमको भनाइ थियो, ‘चुनावमा गठबन्धन नगरी पार्टी लड्नुपर्छ । ’ गौतमको भनाइ प्रतिवाद गर्दै देउवाले गठबन्धन नभई पार्टीले कसरी जित्छ भन्दै प्रतिवाद गरेका थिए ।

‘तपाईँ आफू जित्नका लागि गठबन्धन चाहिएको छ । तपाईँ गठबन्धन नगरी चुनाव जित्न सक्नुहुन्छ ?’, देउवाको आक्रोश थियो । सोमबारदेखि जारी बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आजको बैठक बिहीबार पुनः बस्नेगरी स्थगित भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #शेखर कोइराला, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्