Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

जसपाबाट निकालिए बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्य


काठमाडौं । जनता समाजवादी पार्टीको संस्थापन पक्षले संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।

भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् । बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो । त्यस्तै, जसपाले स्थानीय तहको चुनावमा गठबन्धनबीच तालमेल गर्दा पार्टीलाई घाटा भएको निष्कर्ष निकालेको थियो ।

गठबन्धनले केही ठाउँमा पद प्राप्त भएपनि त्यसले दिएको अन्यौल, अपमान, तिरस्कार, जटिलताले पार्टी निर्माणको दीर्घकालीन लक्ष्यमा क्षति भएको निष्कर्ष जसपाले निकालेको हो ।

उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा जारी केन्द्रीय समितिको बैठकमा जसपाका वरिष्ठ नेता अशोक राईले स्थानीय चुनावको समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै सो निष्कर्ष निकालेका हुन् । पार्टीमा भएको क्षतिलाई आगामी दिनमा कम गर्न प्रयत्न गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #बाबुराम भट्टराई

तपाईको कमेन्ट लेख्नुहोस्